मोतीविन्दुका बिरामीको शल्यक्रिया

Published on

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले अभियानकै रूपमा मोतीविन्दु समस्या भएका बिरामीको उपचार गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा गत साता शिविर सञ्चालन गरेको थियो । शिविरमा आँखा परीक्षण गरी थप उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान गरी गत मङ्गलबारदेखि निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको हो ।

शिविरमा कुल ८१ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको नगरपालिकाले जानकारी दिएको छ । वडागत रूपमा स्वास्थ्य केन्द्रमा ७२९ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १२८ जनालाई चस्मा वितरण गरिएको र आँखाका समस्या भएका केही बिरामीको पुनः परीक्षण गरिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो । “शिविरमा ७२९ जनाले सेवा लिनुभयो,” नगरपालिकाका जनस्वास्थ्य अधिकृत नेपालले भन्नुभयो, “नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरेको हो ।” ज्येष्ठ नागरिकको आवश्यकता र मागको सम्बोधन स्वरूप आँखा परीक्षण तथा मोतीविन्दुको उपचार गरिएको चौतारा साँगाचोक नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । “आँखाको उपचार पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन्,” नगरप्रमुख सापकोटाले भन्नुभयो, “हामीले ९२ वर्ष उमेरका सित्तपुर तामाङकोे शल्यक्रियासमेत गर्न सफल भयौँ । समुदायमा पुगेर शिविरमार्फत पहिचान भएकालाई उपचार गर्ने योजना अनुरूप कार्यक्रम तय गरिएको थियो ।”

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...