मोतीविन्दुका बिरामीको शल्यक्रिया

Published on

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले अभियानकै रूपमा मोतीविन्दु समस्या भएका बिरामीको उपचार गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा गत साता शिविर सञ्चालन गरेको थियो । शिविरमा आँखा परीक्षण गरी थप उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी पहिचान गरी गत मङ्गलबारदेखि निःशुल्क शल्यक्रिया गर्न सुरु गरेको हो ।

शिविरमा कुल ८१ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको नगरपालिकाले जानकारी दिएको छ । वडागत रूपमा स्वास्थ्य केन्द्रमा ७२९ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १२८ जनालाई चस्मा वितरण गरिएको र आँखाका समस्या भएका केही बिरामीको पुनः परीक्षण गरिने नगरपालिकाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले जानकारी दिनुभयो । “शिविरमा ७२९ जनाले सेवा लिनुभयो,” नगरपालिकाका जनस्वास्थ्य अधिकृत नेपालले भन्नुभयो, “नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरेको हो ।” ज्येष्ठ नागरिकको आवश्यकता र मागको सम्बोधन स्वरूप आँखा परीक्षण तथा मोतीविन्दुको उपचार गरिएको चौतारा साँगाचोक नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । “आँखाको उपचार पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन्,” नगरप्रमुख सापकोटाले भन्नुभयो, “हामीले ९२ वर्ष उमेरका सित्तपुर तामाङकोे शल्यक्रियासमेत गर्न सफल भयौँ । समुदायमा पुगेर शिविरमार्फत पहिचान भएकालाई उपचार गर्ने योजना अनुरूप कार्यक्रम तय गरिएको थियो ।”

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...