दुई करोड लगानीमा सामुदायिक पुस्तकालय

Published on

काठमाडौं । धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस।भी।ए। नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।

जसमा एस।भी।ए। नेपाल रिड नेपालको एक करोड ६२ लाख र छथर जोरपाटी गाउँपालिकाको ५० लाख २९ हजार लगानी रहने छ । सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यावसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई तरकारी प्रशोधन, होमस्टे सहित विभिन्न सीपमूलक कार्यक्रम तालिम सञ्चालन गर्ने निर्माण समितिका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा तीन सय युवालाई स्वरोजगार बनाउने उद्देश्य छ । तीन वर्षसम्म पुस्तकालय सञ्चालन गर्न रिड नेपालले सहयोग गर्ने र तीन वर्षपछि अपाङ्गमैत्री हुने सो पुस्तकालयमा श्रव्यदृष्य कक्ष, महिला, बालबालिका तथा युवा कक्ष रहने छ । कक्ष अनुसारका फरक(फरक सामग्री समेत रहनेछन् । त्यस्तै महिला र पुरुष गरी दुई फरक(फरक सभाहल रहने जनाइएको छ । पुस्तकालय दिगोरुपमा सञ्चालन गर्न पाँच सटर समेत निर्माण गरिने घिमिरेले बताउनुभयो । गत चैत्रमा निर्माण सुरु भएको यो भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । अब केही महिना भित्रै निर्माण सम्पन्न भएर पुस्तकालय सञ्चालनमा आउने जनाइएको छ ।

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...