धान खेतीमा ‘उन्नत प्रविधि प्रदर्शन’

Published on

काठमाडौं । कृषि ज्ञान केन्द्र झापाले ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यको सुरुवात गरेको छ । धानको व्याड राख्दादेखि नै आधुनिक प्रविधिको विषयमा किसानहरूलाई जानकारी दिँदै ‘उन्नत प्रविधि प्रदर्शन’ कार्यक्रम भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।

शिवसताक्षी नगरपालिकाको कनकाई सिँचाइ आयोजना क्षेत्रमा उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट धान रोपाइँ कार्यका लागि ट्रे मा बिउ राखेर मेसिनबाट नै धान रोपाइँ सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ४ मा नगर प्रमुख रोशन थोप्रासहितको उपस्थितिमा उन्नत प्रविधि प्रदर्शनसहित धान रोपाइँ सम्पन्न भएको हो । राइस ट्रान्सप्लान्टरबाट धान रोपाइँ गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले प्रविधिको प्रयोग र आधुनिक तवरले धान खेतीका लागि नगरपालिकाले पनि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले उन्नत प्रविधिबाट धान रोप्दा उत्पादन लागत कम भएर किसानलाई धेरै फाइदा पुग्ने देखिएको जनाउँदै यस प्रकारको प्रविधि अवलम्बन गर्न किसानलाई अनुरोध गर्नुभयो । कनकाई सिँचाइ आयोजना क्षेत्रमा जापान सरकारको सहयोगमा कृषि प्रणाली सुधारमा काम भइरहेको जनाउँदै यसका लागि स्थानीय सरकार समन्वय गर्दै अघि बढ्न तयार रहेको जनाउनुभयो । “कनकाइ सिँचाइको नहरलाई फोहोर फ्याल्ने स्थल नबनाएर निरन्तर पानी बग्ने अवस्था ल्याउन हामी लागि परेका छौ,” उहाँले भन्नुभयो ।

गौरादह नगरपालिका–९, गौरीगन्ज गाउँपालिका–१ र कमल गाउँपालिकामा चैते ५ जातको धान उन्नत प्रविधिबाट रोप्ने कृषि ज्ञान केन्द्रको योजना रहेको विष्टले जानकारी दिनुभएको छ । जिल्लाभर करिब ७० बिघा जमिनमा यस किसिमको प्रदर्शनी खेती गरिन सुरु गरेको विष्टले जानकारी दिनुभयो ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...