ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ अवरुद्ध

Published on

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।

तामाको तार र तेल चोरी गरी फालिएको अवस्थामा ट्रान्सफर्मर भेटिएको थियो । किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजमा रहेको कृषि विकास आयोजनाले २०७४ सालमा सो सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सिँचाइका लागि तीन किलोमिटरमा भूमिगत पाइपलाइन विस्तार तथा ठाउँठाउँमा चेम्बर निर्माण गरिएको छ । महारानी डिप ट्युबवेल जल उपभोक्ता समूहमार्फत एक सय बिघा जमिन सिँचाइ हुँदै आएको थियो । उपभोक्ता समूहका अध्यक्ष बद्री महतोले ट्रान्सफर्मर चोरी भएपछि अहिले सिँचाइ रोकिएको बताउनुभयो । उहाँले सिँचाइ अभावमा किसानले खतेबारीमा उत्पादन गरेका गहुँ, मकै, उखु लगायतका तरकारी बाली सुक्न थालेको जानकारी दिनुभयो ।

समूहका अध्यक्ष महतोले सिँचाइ अभावमा २० प्रतिशत किसानको खेतबारी बाँझो रहेको बताउँदै नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिनका लागि बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोलाई निवेदन बुझाएको बताउनुभयो । निवेदन बुझाएको छ महिना नाघिसक्दा पनि पालिका अध्यक्ष ट्रान्सफर्मर उपलब्ध गराउन गम्भीर नदेखिएको उहाँले आरोप लगाउनुभयो । स्थानीय राजकिशोर महतोले आकासे पानी बाहेक सिँचाइको एकमात्र विकल्प भूमिगत सिँचाइ आयोजनको ट्रान्सफर्मर चोरी भएपछि यहाँका किसान सिँचाइ अभावमा खेत बाँझो राख्न बाध्य भएको बताउनुभयो । “सामान्य तीन लाख रुपियाँ खर्चेर सिँचाइ आयोजना सुचारु गर्न सकिन्छ । त्यति रकम पनि गाउँपालिका अध्यक्षले बन्दोबस्त गर्न नसक्नु यो ठाउँको दुर्भाग्य हो”, उहाँले भन्नुभयो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले पालिकासँग अतिरिक्त बजेट नभएकाले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको नगर सभाबाट बजेट टाइट बन्यो । कुनै शीर्षकको बजेट कटौती गर्ने अवस्था पनि छैन । त्यसैले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको हो ।” उहाँले आफूले पनि महेन्द्रनगरस्थित विद्युत शाखालाई ट्रान्सफर्मर उपलब्ध गराइदिन पत्राचार गरेको बताउनुभयो ।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...