ट्रान्सफर्मर चोरी हुँदा सिँचाइ अवरुद्ध

Published on

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका–३, मा रहेको सिँचाइ आयोजनाको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । चालू अवस्थामा रहेको ५० केभिएको ट्रान्सफर्मर चोरी भएको हो ।

तामाको तार र तेल चोरी गरी फालिएको अवस्थामा ट्रान्सफर्मर भेटिएको थियो । किसानको खेतबारीमा सहज सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले धनुषाको नकटाझिजमा रहेको कृषि विकास आयोजनाले २०७४ सालमा सो सिँचाइ आयोजना निर्माण गरिदिएको थियो । सिँचाइका लागि तीन किलोमिटरमा भूमिगत पाइपलाइन विस्तार तथा ठाउँठाउँमा चेम्बर निर्माण गरिएको छ । महारानी डिप ट्युबवेल जल उपभोक्ता समूहमार्फत एक सय बिघा जमिन सिँचाइ हुँदै आएको थियो । उपभोक्ता समूहका अध्यक्ष बद्री महतोले ट्रान्सफर्मर चोरी भएपछि अहिले सिँचाइ रोकिएको बताउनुभयो । उहाँले सिँचाइ अभावमा किसानले खतेबारीमा उत्पादन गरेका गहुँ, मकै, उखु लगायतका तरकारी बाली सुक्न थालेको जानकारी दिनुभयो ।

समूहका अध्यक्ष महतोले सिँचाइ अभावमा २० प्रतिशत किसानको खेतबारी बाँझो रहेको बताउँदै नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिनका लागि बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोलाई निवेदन बुझाएको बताउनुभयो । निवेदन बुझाएको छ महिना नाघिसक्दा पनि पालिका अध्यक्ष ट्रान्सफर्मर उपलब्ध गराउन गम्भीर नदेखिएको उहाँले आरोप लगाउनुभयो । स्थानीय राजकिशोर महतोले आकासे पानी बाहेक सिँचाइको एकमात्र विकल्प भूमिगत सिँचाइ आयोजनको ट्रान्सफर्मर चोरी भएपछि यहाँका किसान सिँचाइ अभावमा खेत बाँझो राख्न बाध्य भएको बताउनुभयो । “सामान्य तीन लाख रुपियाँ खर्चेर सिँचाइ आयोजना सुचारु गर्न सकिन्छ । त्यति रकम पनि गाउँपालिका अध्यक्षले बन्दोबस्त गर्न नसक्नु यो ठाउँको दुर्भाग्य हो”, उहाँले भन्नुभयो ।

बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोले पालिकासँग अतिरिक्त बजेट नभएकाले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपालिको नगर सभाबाट बजेट टाइट बन्यो । कुनै शीर्षकको बजेट कटौती गर्ने अवस्था पनि छैन । त्यसैले ट्रान्सफर्मर उपलब्ध गराउन नसकिएको हो ।” उहाँले आफूले पनि महेन्द्रनगरस्थित विद्युत शाखालाई ट्रान्सफर्मर उपलब्ध गराइदिन पत्राचार गरेको बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...