स्रोत नखुलेको ३९ लाख सहित तीन जना पक्राउ

Published on

काठमाडौं । प्रहरीले नेपालगन्जबाट स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँ सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु दुई जना बर्दिया र एक जना बाँकेको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराका अनुसार प्रहरीले नेपालगन्जबाट श्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु, बर्दियाकै पुर्णिमा थारु र नेपालगन्ज–१६ जयसपुरका हसिब जसगढलाई पक्राउ गरेको हो । एक जना नेपालगन्ज ११ का जसगढ केही रकम लिएर फरार भएकोले उनको खोजी भइरहेकोे छ । उहाँले पक्राउ परेकाहरुले सो रकम कहाँबाट के कामका लागि ल्याएका हुन् वा उक्त रकम कसको हो भन्ने बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट नगद रकमसहित बैंकका विभिन्न भौचरहरु समेत बरामद गरेको छ । बरामद गरिएको रकम हुण्डि कारोबारका लागि प्रयोग गर्ने गरिएको हो कि भन्ने प्रश्नको उत्तरमा बाँकेका प्रहरी प्रमुख एसपी बोहोराले सो बारेमा अनुसन्धान भइरहेकोले अहिले नै यकिनका साथ केही भन्न नसकिने बताउनुभयो । नेपालगन्जको न्यूरोडमा एउटा सटर भाडामा लिएर पक्राउ परेका र फरारहरुले हुण्डी कारोबार गर्दै आएको आशंका भने गरिएको छ ।

ताजा समाचार

परराष्ट्रमन्त्री राणा र युक्रेनका विदेशमन्त्रीबिच वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा...

१०औँ राष्ट्रिय खेलकुदको मस्कट ‘रेडपान्डा’

काठमाडौँ । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय...

एक महिनादेखि फोहोर नउठ्दा कावासोती दुर्गन्धित

काठमाडौँ । एक महिनादेखि फोहोर नउठ्दा नवलपुर सदरमुकाम कावासोती दुर्गन्धित बन्दै गएको छ। थुप्रिएको...

परराष्ट्रमन्त्री डा. राणा र मल्दोभाका उपप्रधानमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग मंगलबार...