कवि डम्बर शर्मा बडू “एैना” काे असामयिक निधन

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे भीमदत्त नगरपालिका-६ स्थित ऐठपुर निवासी कवि डम्बर शर्मा बडू “एैना” काे असामयिक निधन भएकाे छ । विगत केही समय देखि उपचारमा रहनुभएका शर्माकाे साेमबार ६३ वर्षको उमेरमा असामयिक निधन भएकाे हाे ।
कवि डम्बर शर्मा बडू नेपाली डोटेली साहित्यका हास्य कवि, सुदूरपश्चिम साहित्य पत्रकारका अध्यक्ष, शिवधाम विकास समितिका कोषाध्यक्ष, श्री भगवन्नानामृत कृतन समितिका कोषाध्यक्ष, सेवानिवृत राष्ट्रसेवक,महाकाली साहित्य संगमका सदस्य र हरेक कार्यक्रमका हास्य व्यंग प्रस्तुति राख्ने सफल वक्ता थिए । शर्माकाे साहित्य क्षेत्रमा शुदूरपश्चिम क्षेत्रकाे लागि विशेष विशिष्ट याेगदान रहेकाे छ ।
यसैगरी शर्माले डोट्याली भाषा सस्कृतिमा विशिष्ट योगदान दिने गुगुल्डि साहित्यक पत्रिकाका सदस्य रहि लामाे समय डाेट्याली भाषाकाे विकासमा समेत भुमिका निर्वाह गरेका थिए । डोट्याली भाषाका कवि गजलकार, साहित्यकार, झ्यारी डोट्याली कविता संग्रह तथा ऐना गजल संग्रह लगायत कृतिका शर्मा लेखक पनि हुन् ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...