रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरू

Published on

काठमाडौं । रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान जारी छ । रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेदेखि मतदान सुरू भएको हो ।

शीर्ष पदका लागि चार उम्मेदवारहरू लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रूसी कम्युनिष्ट पार्टीका निकोलाई खारितोनोभ, न्यू पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति र स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन प्रतिस्पर्धा गर्नेछन् । रूसले मार्च १५ देखि १७ सम्म स्थानीय समयअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मतदान गर्ने व्यवस्थासहित ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ । रूसको विशाल क्षेत्रमध्ये, सुदूर पूर्वी क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान सुरु गर्ने पहिलो क्षेत्रहरू हुन् । रुसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादमा मतदान केन्द्रहरू मतदानका लागि अन्तिम हुने स्रोतले बताएको छ ।

रूसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार विदेशमा बसोबास गर्ने १८ लाखभन्दा बढी नागरिकसहित करिब ११ करोड रूसी नागरिक मतदानका लागि योग्य छन् । रूसी संविधान अनुसार राष्ट्रपतीय निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुनेछ । दुईभन्दा बढी उम्मेदवार भएकाले पहिलो चरणको निर्वाचनबाट कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्ने सम्भावना न्यून छ । केन्द्रीय निर्वाचन आयोगले शीर्ष दुई दावेदारका लागि दोस्रो चरणको मतदानको घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ । रूसी केन्द्रीय निर्वाचन आयोगले मार्च २८ तारिखसम्ममा निर्वाचन परिणामको पुष्टि गर्नेछ र नतिजा पुष्टि भएको तीन दिनभित्र मत परिणामको औपचारिक घोषणा गर्नेछ । राससरसिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...