होलीको रङ्गमा रङ्गिए कञ्चनवनका वासिन्दाहरु

Published on

काठमाडौं । “किनकाके हात कनक पिचकारी, किनकाके हात अबिर झोरि, हो अविर झोरि, मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी । राम जीके हाथ कनक पिचकारी, सिया जि के हात अविर झोरि हो अविर झोरी मिथिलामे राम खेलयै होरि हो मिथिलामे राम खेलयै होरी ।”

मैथिली भाषाको यो होलीको गीत गाउँदै मिथिला माध्यमिकी परिक्रमावासी रङ्ग अविर र गुलाल उडाउँदै होलि खेलेपछि महोत्तरीको कन्चनवन अहिले होलिमय बनेको छ । सवैको अनुहार रंगीचंगी छन, कसैको रातो, कसैको हरियो, कसैको पहेलो रंग र गुलालले शरीर नै रंगिन देखिएको छ । जता हेर्‍यो उत्तै रंग अविर र गुलाल उडिरहेको मनमोहक दृश्यहरु हेर्न पाइन्छ । गृहस्थ, साधु सन्त र महन्थलगायत कन्चनवनका स्थानीय सवै अहिले एक आपसमा रंग अविर र गुलाल दल्दै, उडाउँदै खुशियाली साटासाट गर्न व्यस्त देखिएका छन् । परिक्रमा यात्रुलगायत कन्चनबनमा उपस्थित समुदाय एक आपसमा यसरी घुलमिल भएका छन् कि कुनै कसैलाई चिन्ता फिक्र नै छैन । एउटा अलगै उत्सवको माहोलमा सवै परिक्रमावासी र स्थानीयहरु रमिएका छन् । आईतबार विहानैदेखि कञ्चनबनको दृश्य झट हेर्दा होली पर्व आजै हो जस्तै लागे पनि यो माहोल भने मिथिलाको बहुचर्चित माध्यमिक परिक्रमाको धार्मिक लस्करले रंगअबिर र गुलाल उडाउँदै मनाएको होलीको पो हो ।

त्रेता युगमा भगवान रामले कन्चनवनमा होलि खेलेको सम्झनामा १५ दिने परिक्रमा यात्रामा सहभागिहरु आईतबार विहानै कन्चनवन पुगेर रंग,गुलाल र अबिर एक आपसमा दलेर खुशियालि साटासाट गर्दै होलीको शुभकामना आदान प्रदान गरि होलि मनाएका हुन । शनिबार ध्रुवकुण्डमा रात्रि विश्राम गरे पश्चात आईतबार विहानै कञ्चनवन पुगेका परिक्रमा यात्रामा सहभागि साधु, सन्त, महन्थ, नागा, गृहस्थ लगायत सबै एक आपसमा मिलेर नाच्दैं गाउँदै होलि मनाउँदा सवै परिक्रमावासीको अनुहार र कपडा रंगअबिरले रंगीन देखिएको छ । कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको विधिवत शुरुवात गर्ने परम्परा समेत रहि आएको छ । यसपालि भने स्थानिय निकायका जनप्रतिनिधिहरुले पहिल्यैदेखि नै कन्चन।वनमा होलिको तयारी गरे पछि मनोरञ्जन थपिएको परिक्रमा यात्रु नवल यादवले बताउनु भएको छ । कन्चनवनको परिक्रमावासीको होलि पहिल्यै भन्दा अलिक बढी नै व्यवस्थित र मनोरन्जनत्मक ढंगले मनाइएको परिक्रमा यात्री यादवले अनुभव सुनाउनु भयो ।

वसन्तपञ्चमीदेखि नै फागु पर्वको शुरुवात भएको मानिएपनि मिथिलाञ्चलमा परिक्रमा यात्रिले कञ्चनवनमा होली खेलेपछि मात्रै होलिको विद्यिवत शुरुवात हुने परम्परा रहि आएको छ । धनुषा स्थित कचुरीको मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा अग्नि कुण्डबाट किशोरी जीको डोलाका साथ हनुमानगढिबाट शुरु भएको परिक्रमाका यात्रुहरु कल्याणेश्वर फुलहर ,मटिहानी , जलेश्वर ,मडै , ध्रुवकुण्ड हुँदै आईतबार कञ्चनवन पुगेका हुन । मिथिला महात्मय अनुसार अठारौं सताब्दीदेखि माध्यमीकि परिक्रमाको रुपमा मनाईदैं आएको यस धर्मयात्राका सहयात्रिले रात्रि भजन किर्तन गरि १५ दिन विताउने गर्दछन् । विश्वकै सर्वाधिक लामो समय सम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना , फुलहर , महोत्तरीको मटिहानी ,जलेश्वर,मडै ध्रुवकुण्ड, कञ्चनवन , हुदैं धनुषाको पर्वता ,धनुषाधाम , सतोषर , औरहीमा एक एक रात विश्राम गरि पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन र पूर्णिमाको दिन जनकपुरको अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गर्ने छन ।

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने जनविश्वासका साथ यस धर्म यात्राका यात्रुहरुले नेपालको १०७ तथा भारतको २६ गरी १३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ । यात्रामा नेपाल भारतका लाख भन्दा बढी साद्युसन्त महन्थ र गृहस्थहरुको सहभागिता रहेको छ । नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने गर्छ । मिथिला परिक्रममा सहभागि हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नु पर्ने हुनाले परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ । परिक्रमाका सहभागिहरु १५ दिन सम्म लसुन , प्याज र माशाहारी भोजनको परित्याग गर्ने र एक छाक मात्रै खाना खाने प्रचलन समेत रहि आएको छ ।

साथै परिक्रमा यात्रिले परिक्रमा अवधि भर गृह प्रवेश नगर्ने र खुल्ला आकास मुनि पाल टाँगेर वनवास जस्तै जिवन विताउने गर्दछ । १५ दिने यात्राको क्रममा यात्रिहरुले दिनरात मर्यादा पुरुषोतम राम र सिताको भजन किर्तन गर्ने र उनले आफनो जिवनमा मर्यादा विपरित कुनै काम नगरेको जस्तै परिक्रमा वासीले पनि परिक्रमा घुम्दा बनाईएको नियमपरिधि भित्रै रहेर यो यात्रामा सहभागि हुने यसको मूख्य विशेषता रहि आएको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्धार, दरभंगहा, सितामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागि भएका छन् । परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहिआएको परिक्रमाका सहभागिहरु बताउनु हुन्छ । मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाईन्छ । प्रत्येक वर्ष मनाईने परिक्रमा मिथिलाञ्चलकै १५ दिवसिय महाकुम्भको रुपमा चर्चित रहेको पाईन्छ ।

परिक्रमा वृहत, मध्य र अन्तगृही गरि तिन प्रकारको हुन्छ । वृहत परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डक सम्मको परिक्रमा पछि मात्र सम्पन्न हुने भएकोले आज भोलि यस्तो परिक्रमा गरिदैन । तर मध्यमा परिक्रमा अठारौं शताब्दी भन्दा पूर्वदेखि मनाईदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिन सम्म मनाईने गरिन्थ्यो । तर यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिनमा परिणत गरेको थियो । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागा लगायतका वृहद उपस्थिती हुने गर्दछ । यो परिक्रममा भारत र नेपालको श्रद्धालुहरुको सहभागिता रहने गरेकोले यसलाई भारत र नेपालको सदभावको सेतुको रुपमा पनि लिने गरिन्छ । यसले आर्थिक टेवा समेत दिने गर्छ । तर परिक्रमाको प्रत्येक विश्रामस्थलको आ आफनौ विशिष्ट महत्वको रहेपनि अहिले अवस्था ती स्थलहरुको अवस्था दयनिय हुदैं गईरहेको छ । ति स्थलहरुमा रहेको जलाशय, मठ, मन्दिर उपेक्षाको कारण जिर्ण बन्दै गएको छ । माध्यमिकी परिक्रमा यात्रुहरुको सुरक्षा व्यवस्थालाई मध्य नजरराखी व्यपाक रुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...