साविक विजेता पुलिस र एपिएफको विजयी सुरुवात

Published on

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब र एपिएफ क्लबले आठौँ आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिरषद् (राखेप) कभर्ड हलमा आइतबारको भएको खेलमा विभागीय टोली पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले कर्णालीमाथि २५–१२, २५–७, २५–८ को सहज जित निकाल्यो । अर्को खेलमा एपिएफ क्लबले मधेश प्रदेशलाई ३–० को सेटमा निरास बनायो । एपिएफले मधेशलाई २५–८, २५–७, २५–२ ले हराएको हो । यस्तै आइतबार नै भएको पुरुषतर्फको खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० को सेटमा हराएको छ । भारतका तीन खेलाडी टोलीमा समावेश गरेको सुदूरपश्चिमले जावलाखेलमाथि २५–२१, २५–१३, २५–१७ को नतिजा निकालेको थियो । नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...