सपुतको गीतमा प्रधानमन्त्री ‘प्रचण्ड’को नृत्य

Published on

काठमाडौं । गायक प्रकाश सपुत आइतबार दिउँसो आफ्नै प्रदेश गण्डकीको राजधानी पोखरामा प्रस्तुति राख्दै हुनुहुन्थ्यो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित कार्यक्रममा पहिलो पटक प्रत्यक्ष गीत सुनाउन लागेको खुलाउँदै उहाँले दाहाललाई ‘पछिल्लो पुस्ताको अब्बल क्रान्तिकारी नायक’को संज्ञा दिनुभयो।

पोखरा महानगर र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सपुतले प्रधानमन्त्री दाहाल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरका प्रमुख धनराज आचार्यलाई स्टेजमा आमन्त्रण गर्दै नृत्य गर्न आग्रह गर्नुभयो।आग्रहपछि सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो।।।’ मा अतिथिले नृत्य गर्दा पोखरेली दर्शकसमेत नाचेका थिए। कार्यक्रममा गायक सपुतसँगै पोखरासँग सम्बन्धित गीत गाउनुभएका गायकले गीत सुनाउनुभयो।गायक प्रमोद खरेलले ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीत सुनाउनुभयो भने धर्मेन्द्र सेवानले ‘रेश फिरिरी’ सुनाएर अग्रज गन्धर्व गायकको सम्झना गराउनुभयो।

सरुभक्तको शब्द रहेको ‘हङकङ पोखरा’ गीत सुनाउँदै विवेक श्रेष्ठले गीतले देश विदेशमा भएका नेपालीलाई जोड्ने विचार राख्नुभयो।सो अवसरमा नेपाली साहित्य र भाषामा उल्लेख्य योगदान गरेकोमा प्रा।डा। मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ। कार्यक्रममा ‘पोखरा त सच्चिकैको पोखरा नै रैछ’ गीतका गायक प्रेमप्रकाश मल्ल ‘मधुकर’ र भूगोलविद् डा। हर्क गुरुङलाई समेत मरणोपरान्त सम्मान गरिएको छ। गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...