‘मान्छे मर्ने तलाउ’ लोकार्पण

Published on

काठमाडौं । साहित्यकार केदार पोखरेल (जफेली) द्वारा लिखित कवितासङ्ग्रह ‘मान्छे मर्ने तलाउ’ लोकार्पण भएको छ । शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा कार्कीले कविताको माध्यमबाट देशको कुरालाई कविले राम्रो ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । ३९ वर्षसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका जफेलीको यो सातौँ कृति हो । साहित्यकार पोखरेलले लेखनशैलीबाट आफ्नो भाव प्रकट गरेको बताउनुभयो । उहाँले पुुस्तकमा देशमा व्याप्त बेथितिलाई कसरी समाधान गर्न सकिने भन्ने कुरालाई प्रस्तुत गर्न खोजेको पनि बताउनुभयो । कृतिमा ९० वटा छन्दबद्ध कवितामा राखिएका छन् ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...