अस्ट्रेलियाको वातावरण अस्वस्थकर

Published on

काठमाडौं । सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।

अस्ट्रेलियाली नेशनल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा, अस्ट्रेलियाको वातावरण प्रतिवेदनले २०११ यता प्रत्येक वर्ष १० मध्ये देशको वातावरणको समग्र स्वास्थ्य मूल्याङ्कन गर्न विस्तृत वैज्ञानिक डेटा कम्पाइल गर्दछ । २०२३ मा वातावरणले १० मध्ये ७।५ अङ्क मात्रै प्राप्त गरेको छ । प्रतिवेदनका प्रमुख लेखक अल्बर्ट भान डाइकले सन् २०२३ लाई अस्ट्रेलियाका लागि जलवायु रोलरकोस्टरको रूपमा वर्णन गर्नुभएको छ । प्रतिवेदनका अनुसार २०२३ मा औसत राष्ट्रिय वर्षा ५११ मिलिमिटर थियो । जुन २०२२ मा ६६३ मिलिमिटरमा झरेको छ । हालैका वर्षहरूमा २९ को वार्षिक औसतको तुलनामा २०२३ मा खतरामा परेका प्रजातिहरूको सूचीमा रेकर्ड १३० प्रजाति थपिएको प्रतिवेदनले जनाएको छ ।

सन् २०२३ मा अस्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन पाँच वर्षमा पहिलो पटक बढेको र प्रतिव्यक्ति उत्सर्जनमा अस्ट्रेलिया विश्वव्यापी रूपमा १० औँ स्थानमा रहेको खुलासा गरेको छ । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ ।...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र...

भीम रावलले धनगढीमा जागरण भेलाको आयोजना गर्ने

काठमाडौँ । नेकपा (एमाले)बाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लाग्नु भएका पूर्व उपप्रधानमन्त्री भीम...

पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको...