भारत र आयरल्यान्ड सँग खेल्ने टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

Published on

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २४ र २५ तारिख टी–२० सिरिज खेल्नेछ । त्यसपछि नेपालले भारतमा बरोडा र गुजरात क्रिकेट सङ्ससँग मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म एसएमएस फ्रेन्डसिप कप क्रिकेट खेल्नेछ । भारतमा नेपालले मार्च ३१ र अप्रिल ३ तारिख गुजरातसँग र अप्रिल २ र ५ तारिख बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले आयरल्यान्ड र भारतको दुई टोलीसँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेल्न लागेको हो । यसैबिच नेपालको ‘ए’ टोलीले आयरल्यान्डसँग मार्च २६, २९ र ३१ तारिखमा टी–२० सिरिज तथा अप्रिल ३, ५ र ७ तारिख एकदिवसीय क्रिकेट खेल्ने क्यानले जनाएको छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द ।

ताजा समाचार

लस एन्जलस आगलागी : विस्थापितलाई तत्काल घर फर्काउन नसकिने

काठमाडौँ । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका...

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव

काठमाडौँ । निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।...

शाश्वतधाममा भक्तजनको भिड

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा अवस्थित शाश्वतधाममा आन्तरिक, बाह्य पर्यटक तथा भक्तजनको...

संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन...