घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटकहरु

Published on

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले छोपिन थालेका छन्। लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ।

नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन्। वसन्त ऋतुमा पाखाभरि ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र मनमोहक देखिन्छ। तीन महिना सुनसान बनेको यो क्षेत्र फागुनको दोस्रो सातादेखि पर्यटकको चहलपहल सुरु भएको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको घोडेपानीका होटल व्यवसायी डम्बरबहादुर गर्बुजाले बताउनुभयो। वैशाखको पहिला सातामा डाँडापाखा लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने उहाँले बताउनुभयो। सूर्योदय, हिमशृङ्खलाको दृश्य र गुराँसको जङ्गल अवलोकनका लागि दैनिक एक सयदेखि एक सय ५० जना विदेशी पर्यटक पुनहिल जाने गरेको पुनहिलमा टिकटको व्यवस्थापन गर्दै आउनुभएका अमृत पुनले जानकारी दिनुभयो।

घोडेपानीको भ्रमणमा पहिलो पटक आउनुभएका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले घोडेपानी निकै रमाइलो भएको सुनाउनुभयो। समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। पुनहिलबाट एक दर्जनभन्दा बढी हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यको दृश्यावलोकन गर्न पाइन्छ। घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...