हिउँ पानी पर्दा खुसी भए कृषकहरु

Published on

काठमाडौं । पाँचथरको फिदिम–१० का किसान वीरमान लिम्बु बिहीबार निकै खुसी देखिनुभयो । पानी नपर्दा मकै छर्ने जमिन बाँझो हुने चिन्तामा रहेका लिम्बुले पानी परेसँगै अब नयाँ बाली लगाउने ढोका खुलेको बताउनुभयो ।

‘यो बेलासम्म मकै उम्रिइसक्नु पर्थ्यो, असोजदेखि पानी नपर्दा बाँझो खेत जोत्नै पाइएन, अब कम्मर कसेर काममा लाग्न पाइने भो’ लिम्बूले भन्नुभयो । यो सिजनमा पानी पर्दा मकै छर्न, चैते धान रोप्न र यसअघि लगाइएका गहुँ र आलु बालीलाई फाइदा पुग्ने उहाँको भनाइ छ । वीरमानजस्तै फालेलुङ–५ का चौंरीपालक चन्द्रलाल नेपाल पनि खुसी मुद्रामा देखिनुभयो । सिजनमा पहिलो पटक हिउँ परेकाले प्रकृति, मान्छे र जनावर सबैलाई न्याय भएको उहाँको टिप्पणी छ । ‘मान्छेलाई शीतल त भयो नै पानी नपर्दा लागिरहेको डढेलो र आगलागी पनि नियन्त्रणमा आयो, वसन्तको सुरुवातमा परेको पानीले गुराँस राम्ररी फुल्छ, खर्कमा घाँस पलाउँछ अनि सबैखाले रुख बुट्टामा पालुवा पलाउँछन्’ नेपालले थप्नुभयो ।

पाँचथर सहित पहाडी जिल्लामा यो वर्ष पहिलो पटक पानी परेको छ । बुधबार बिहानदेखि सुरु भएका वर्षा र हिमपात बिहीबार अपराह्नसम्म जारी छ । पानी परेपछि धुवाँ र धुलोसहितका प्रदूषण कम हुन थालेको छ । जिल्लाको फालेलुङ गाउँपालिका –४, ५ र ६ का उच्च पहाडी तथा हिमाली भेगमा तीन फिटसम्म हिउँ परेको चाररातेका डिल्ली केरुङले बताउनुभयो । असोज पहिलो साता मनसुन निष्क्रिय भएसँगै निरन्तरको खडेरी पश्चात् पानी पर्दा किसान खुसी भएका छन् । जिल्लाको फालेलुङस्थित सुर्केथाम, चारराते, फालौट, इलाम र पाँचथरको सीमावर्ती सन्दकपुर तथा सिक्किमसँगको सीमावर्ती पाँचथरस्थित चिवा भन्ज्याङ क्षेत्रमा बुधबार बिहानैदेखि हिउँ परिरहेको बताइएको छ । गोरखापत्र

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...