मिर्गौला प्रत्यारोपण आफ्नै जनशक्तिबाट

Published on

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलो पटक मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले आठौँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । पोखराका चिकित्सकले बिहीबार मात्र तनहुँको व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय सम्झना गुरुङको सफल प्रत्यारोपण गरेका हुन् । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गर्नुभएको थियो । बिरामीको अवस्था सामान्य रहेको डा। प्रकाश क्षेत्रीले जानकारी दिनुहुँदै एक हप्तामा डिस्चार्ज हुने बताउनुभयो ।

अस्पतालका युरो सर्जनद्वय डा। प्रकाश क्षेत्री र डा। अनुप चापागार्इं, नेफ्रोलोजिस्ट डा। जुजुराम श्रेष्ठ र डा। अमृत केसी, जनरल सर्जन डा। डेभिड श्रेष्ठ र डा। सन्तोष श्रेष्ठ साथै एनेस्थेसिया डा। रोहिनी सिग्देल, डा। माया लामा, डा। सनिस गुरुङ र डा। अनिल न्यौपानेको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । पोखरामा प्रत्यारोपण गर्नका निम्ति अस्पताल प्रशासनले सात जना स्टाफ नर्सलाई तालिम दिएर तयार गरेको थियो । जसमा गीतादेवी तिवारी, रन्जिता पौडेल, सुषमा ढकाल, विशाखा पण्डित, नरमाया पुन, श्रुति श्रेष्ठ र आरती पुन आइसियु केयरमा रहनुभएको थियो । यस अस्पतालमा हाल दैनिक ४० भन्दा बढी मिर्गौला बिरामीले निःशुल्क रूपमा डायलासिस गरिरहेका छन् । तिनै बिरामीमध्येबाट प्रत्यारोपणका लागि निवेदन आइरहेको अस्पतालका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १० जना पालो कुरेर बसेका छन् । उनीहरूको कानुनी प्रक्रिया मिलाएर दातासँग मिर्गौला ‘म्याचिङ’ जाँच गर्ने काम भइरहेको डा। खत्रीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...