मिर्गौला प्रत्यारोपण आफ्नै जनशक्तिबाट

Published on

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पश्चिमाञ्चल अस्पतालले आफ्नै जनशक्तिबाट पहिलो पटक मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । यसअघि २०७९ असारमा पहिलो पटक सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले यस अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो । सो टोलीले आठौँ पटकसम्म मिर्गौला प्रत्यारोपण गरेपछि यस अस्पतालका चिकित्सकलाई सिप हस्तान्तरण गरेको थियो । पोखराका चिकित्सकले नवौँ पटक भने आफ्नै जनशक्तिमा प्रत्यारोपण गर्न सफल भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । पोखराका चिकित्सकले बिहीबार मात्र तनहुँको व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय सम्झना गुरुङको सफल प्रत्यारोपण गरेका हुन् । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान गर्नुभएको थियो । बिरामीको अवस्था सामान्य रहेको डा। प्रकाश क्षेत्रीले जानकारी दिनुहुँदै एक हप्तामा डिस्चार्ज हुने बताउनुभयो ।

अस्पतालका युरो सर्जनद्वय डा। प्रकाश क्षेत्री र डा। अनुप चापागार्इं, नेफ्रोलोजिस्ट डा। जुजुराम श्रेष्ठ र डा। अमृत केसी, जनरल सर्जन डा। डेभिड श्रेष्ठ र डा। सन्तोष श्रेष्ठ साथै एनेस्थेसिया डा। रोहिनी सिग्देल, डा। माया लामा, डा। सनिस गुरुङ र डा। अनिल न्यौपानेको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । पोखरामा प्रत्यारोपण गर्नका निम्ति अस्पताल प्रशासनले सात जना स्टाफ नर्सलाई तालिम दिएर तयार गरेको थियो । जसमा गीतादेवी तिवारी, रन्जिता पौडेल, सुषमा ढकाल, विशाखा पण्डित, नरमाया पुन, श्रुति श्रेष्ठ र आरती पुन आइसियु केयरमा रहनुभएको थियो । यस अस्पतालमा हाल दैनिक ४० भन्दा बढी मिर्गौला बिरामीले निःशुल्क रूपमा डायलासिस गरिरहेका छन् । तिनै बिरामीमध्येबाट प्रत्यारोपणका लागि निवेदन आइरहेको अस्पतालका निर्देशक डा। भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १० जना पालो कुरेर बसेका छन् । उनीहरूको कानुनी प्रक्रिया मिलाएर दातासँग मिर्गौला ‘म्याचिङ’ जाँच गर्ने काम भइरहेको डा। खत्रीले बताउनुभयो । गोरखापत्र

ताजा समाचार

सुस्माको ह्याट्रिकमा वालिङको पहिलो जित

काठमाडौँ । बागमती प्रदेशले वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको सुपर चरणमा पहिलो जित हात...

घरमै बसेर एकैदिनमा कम्पनी र भ्याट दर्ता गराउने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा...

प्रधानमन्त्री कप : मधेशलाई हराउँदै बागमती सुपर फोरमा

काठमाडौँ । बागमती प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० काठमाडौँ । क्रिकेट प्रतियोगिताको सुपर...

नदीजन्य पदार्थको उत्खनन भइरहेको क्षेत्रमा छड्के अनुगमन

काठमाडौँ । जिल्लामा नदीजन्य पदार्थको उत्खनन् भइरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलीले छड्के अनुगमन...