दुई दिन ‘जोगिरा सररर’

Published on

काठमाडौं । रुपन्देहीका थारू गाउँमा यो वर्षको होलीको तयारी सुरु भएको छ । खास गरी जिल्लाको सैनामैना नगरपालिकाका थारू गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी होली मनाउन लागिएको थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले बताउनुभयो ।

रुपन्देहीका थारू समुदायले यो वर्षको होली पर्व दुई दिन मनाउने भएका छन् । तराईमा खास गरी एकै दिन होली खेलिन्छ तर लोप हुँदै गएको फागु गीत संरक्षण गर्ने उद्देश्यले थारू समुदायले दुई दिन होली खेल्ने भएका हुन् । थारू कल्याणकारी सभा सैनामैनाको आयोजनामा होली मनाउन आयोजना गरिएको बैठकमा यो वर्ष होली पर्व संस्कृति संरक्षण गर्ने उद्देश्यले दुई दिन मनाउने थारू अभियन्ता साहित्यकार केवलप्रसाद थारूले जानकारी दिनुभयो । थारू समुदायले फागुको अवसरमा गाउने ‘जोगिरा सररर’ गीत लोप हुँदै गएको भन्दै संरक्षण गर्ने अभियान अन्तर्गत रुपन्देहीका विभिन्न स्थानमा दुई दिन होली खेलेर मनाउने भएका हुन् । थारू भाषाका कवि बमबहादुर चौधरीले फागु गीत संरक्षण अभियानबाट तराईमा लोप हुँदै गएको ‘जोगिरा सररर’ लगायतका अरू धेरै फागु गीत संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले थारू समुदायले गाउने फागु गीत धेरै रहेको र ती सबै अहिले लोप हुँदै गएको बताउनुभयो ।

थारू भाषाका फागु गीतका लेखक प्रह्लाद थारूले थारू समुदायका गाउँमा फागु गीत गाएर पुरानो संस्कृति संरक्षण गर्ने र नयाँ पुस्तालाई थारू फागु गीतप्रति अभिरुचि जगाउन प्रेरणा दिने गरी दुईदिने अभियानले महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । फागु गीतका अर्का लेखक अयोध्या थारूले खास गरी थारू भाषाका फागु गीत र संस्कृति लोप हुन लागेपछि थारू समुदायले अभियान नै सुरु गरेर फागु संस्कृति संरक्षणको पहल थाल्नुपर्ने धारणा राख्नुभयो । थारू कल्याणकारी सभा सैनामैनाका पूर्वअध्यक्ष रामवली चौधरीले सैनामैनाका सबै थारू समुदायको गाउँमा एकै दिन फागु खेलेर नसकिने भएकाले दुई दिनसम्म फागु गीत गाएर थारू फागु संस्कृति संरक्षण गरिने जानकारी दिनुभयो । थारू संस्कृतिका अभियानकर्मी केवलप्रसाद थारूले बाबुबाजेको पालाका पुराना थारू फागु गीत लोप हुँदै गएपछि यो वर्ष फागु पर्वका अवसरमा संस्कृति संरक्षणको अभियान सुरु गरिने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...