वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन

Published on

काठमाडौँ । वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् । जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा उनीहरुले आवेदन दिएका हुन् ।

वैदेशिक रोजगारीमा गई कामको सिलसिलमा ज्यान गुमाएका वा अङ्गभङ्ग भएर फर्किएका कामदारका छोराछोरीले सो सङ्ख्यामा छात्रवृत्तिको लागि निवेदन दिएको केन्द्रको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई चालु आर्थिक वर्षको लागि छात्रवृत्तिको लागि माग गरेकोमा ४४ जनाले निवेदन दिएको उहाँले बताउनुभयो ।

बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरे बमोजिम निवदेन दिएको तिवारी बताउनुहुन्छ ।

तिवारीका अनुसार तनहुँमा ५९ जनाले छात्रवृत्ति पाइसकेका छन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने ३७ जनाले वार्षिक १६ हजार र कक्षा नर्सरीदेखि ७ कक्षा सम्म अध्ययन गर्ने २२ जनाले वार्षिक १२ हजार छात्रवृत्ति प्राप्त गरेका हुन् । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्व प्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययरनरत १८ वर्ष मुनीका बालबालिकाले निवेदन दिन पाउँछन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन आग्रह गरिएको थियो ।

बोर्डबाट वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अङ्गभङ्ग भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता सात लाख रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका कामदारका छोराछोरीले छात्रवृत्तिका लागि आवेदन दिन सूचना जारी गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...