वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन

Published on

काठमाडौँ । वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् । जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्रमा उनीहरुले आवेदन दिएका हुन् ।

वैदेशिक रोजगारीमा गई कामको सिलसिलमा ज्यान गुमाएका वा अङ्गभङ्ग भएर फर्किएका कामदारका छोराछोरीले सो सङ्ख्यामा छात्रवृत्तिको लागि निवेदन दिएको केन्द्रको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका तथा पूर्ण अशक्त भएका व्यक्तिका सन्तानहरुलाई चालु आर्थिक वर्षको लागि छात्रवृत्तिको लागि माग गरेकोमा ४४ जनाले निवेदन दिएको उहाँले बताउनुभयो ।

बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरे बमोजिम निवदेन दिएको तिवारी बताउनुहुन्छ ।

तिवारीका अनुसार तनहुँमा ५९ जनाले छात्रवृत्ति पाइसकेका छन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने ३७ जनाले वार्षिक १६ हजार र कक्षा नर्सरीदेखि ७ कक्षा सम्म अध्ययन गर्ने २२ जनाले वार्षिक १२ हजार छात्रवृत्ति प्राप्त गरेका हुन् । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्व प्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययरनरत १८ वर्ष मुनीका बालबालिकाले निवेदन दिन पाउँछन् । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अङ्गभङ्ग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन आग्रह गरिएको थियो ।

बोर्डबाट वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अङ्गभङ्ग भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता सात लाख रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका कामदारका छोराछोरीले छात्रवृत्तिका लागि आवेदन दिन सूचना जारी गरिएको थियो । गोरखापत्र

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...