कञ्चनपुरको थारू बस्तीमा माघी पर्व को चहलपहल सुरु

Published on

काठमाडाैँ । थारू बस्तीमा यतिबेला माघीको चहलपहल सुरु भएको छ । पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा यो पर्व मनाइन्छ ।

पुषको दोस्रो साता देखि माघिको कामकाज सुरु हुने थारू गाउँमा डोन्या(दुना), टपरी, ढिक्री र रोटी बनाउन चामल पिस्ने, आगोको चीर बाल्न वनदेखि दाउरा ल्याउने, घर लिपपोत गर्ने, तोरीको तेल पेल्ने, जाँड, रक्सी बनाउने काम सकिएको छ । बजारदेखि लत्ताकपडा किनमेल गर्ने, तरुल गन्जी खन्ने काम भइरहेको राजिपुरको जमुना डगौराको भनाई छ ।

वर्षदिन गर्ने कामको योजना बनाउने थारू जातिले माघी पर्वलाई नयाँवर्षको रूपमा मनाउँदै आएका छन् । ‘जिटा मर्ना दिन’ भनेर चिनिने पुसको अन्तिम दिन थारूहरुले सुङ्गुर काट्ने गर्दछन, साथै ढिक्री बनाउने र यसै रात महँटाँवाको घरमा गाउँभरिका सबै भेला भई रातीभरि आगो ताप्दै ढुमरु गीत गाउने र आगोको ढुनी जगाउने परम्परा थारूहरुमा छ । माघ १ गते बिहानै नजिकको खोला र ताल तलैयामा नुहाई घर फर्केपछि चामल, नुन र मासको दाल ‘निश्राउ’ दाजुभाइले दिदीबहिनीलाई दिने परम्परा छ ।

नयाँ घरको थालनी गर्ने गाउँको महँटाँवा चुन्ने, अंशबण्डा गर्ने छ, अधिया लगाउन जग्गा जमिन थाम्ने, कुलापानीको चौकिदार राख्ने र देवीदेवताको पूजापाठ कसले गर्ने भन्ने समेत जिम्मेवारी यसै दिन दिईने थारू अगुवा चन्दर चौधरीको भनाई छ । थारूजातिले जमिन्दारको जग्गा जोतेवापत छोरी चेलीलाई कम्लहरी बसाल्न नपाईने कानुनी व्यवस्था बनेपछि हिजोआज छोरी चेलीले यसबाट मुक्ति पाएका छन् ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...