आज देशभर शोक मनाउन आदेश मस्को आतङ्कवादी हमला

Published on

काठमाडौं । मस्कोमा शुक्रवार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।

आगलागीबाट करिब १३ हजार वर्ग मिटर क्षेत्र प्रभावित भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार मस्को आतङ्ककारी हमलामा संलग्न सबै चार बन्दुकधारीलाई पक्राउ गरिएको बताउनुभएको छ । पुटिनले उक्त घातक हमलाका लागि जिम्मेवार सबैलाई कारबाही गरिने बताउनु भयो । उहाँले आइतबार देशव्यापी शोक मनाउने आदेश पनि दिनुभएको छ । सिन्ह्वाको सहयोगमा

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...