दोस्रो स्थानमा उक्लियो आर्सनल

Published on

काठमाडौँ । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसैको मैदानमा ३–१ गोलले हरायो । आर्सनलले पुनरागमन जित निकालेको हो । आर्सनलको जितमा गाब्रियल जिससले २९औँ, मिकेल मेरिनोले ५०औँ र गाब्रियल मार्टिनेलीले ५३औँ मिनेटमा गोल गर्नुभयो । ब्रेन्टफोर्डका लागि ब्रायन एमबोउमोले १३औँ मिनेटमा सुरुवाती गोल गर्नुभयो । जितसँगै १९ खेलबाट ३९ अङ्क बनाएको आर्सनल दोस्रो स्थानमा उक्लिएको हो । शीर्षस्थानमा रहेको लिभरपुलको समान खेलबाट ४५ अङ्क छ । पराजित ब्रेन्टफोर्ड २४ अङ्कसहित १२औँ स्थानमा छ । एजेन्सी

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...