पैँतिस विमानस्थल सञ्चालनमा

Published on

काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा साताको तीन उडान सुरु भएसँगै देशभर सञ्चालनमा रहेका विमानस्थलको सङ्ख्या ३५ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल रहेका छन् । जसमध्ये अधिकांश विमानस्थलमा परीक्षण उडानसमेत भइसकेको छ । तर सडकमार्गको पहुँच, महँगो हवाई भाडा, राज्यसँग साना जहाजको अभाव, दुर्गम उडानमा प्रतिस्पर्धा नहुनु र बढ्दो सहरकेन्द्रित बसाइँसराइका कारण पक्की धावनमार्गसहित उडानका लागि तयारी अवस्थामा रहेका नौ वटासहित २० वटा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा रहेकामध्ये १६ वटा आंशिक रूपमा मात्रै चल्ने गरेका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “देशभर रहेका ५५ वटा विमानस्थलमध्ये ४२ वटा विमानस्थल ग्राभेल र धावनमार्ग कालोपत्रे भएका छन् । जसमध्ये नौ वटा विमानस्थलमा पक्की धावनमार्ग छ तर सबै मौसममा नियमित उडान होस् भनेर स्तरोन्नति गरिएका सबै विमानस्थलमा भने नियमित उडान सञ्चालन हुन सकेको छैन ।” धावनमार्ग कालोपत्रे भएर सञ्चालन हुन नसकेका विमानस्थलमध्ये बागलुङ, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामीडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थल हुन् ।

त्यस्तै प्राधिकरणले दार्चुला, बागलुङको ढोरपाटन, गोरखाको पालुङटार, दोलखाको जिरी, सोलुखुम्बुको काँगेलडाँडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, लाङटाङ, महेन्द्रनगर, रोल्पा, सोलुखुम्बुकै स्याङ्बोचे र ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा विभिन्न समयमा परीक्षण उडानसमेत गरिसकेको छ तर राज्यसँग साना जहाजको सङ्ख्या कम हुनु र निजी कम्पनी नाफामूलक गन्तव्यमा आकर्षित भएपछि यी विमानस्थलमा तत्काल उडान सञ्चालनबारे प्राधिकरणको कुनै तयारी देखिँदैन ।

सहज हवाईयात्राका लागि मुलुकका प्रायः अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तारका लागि निर्माण गरिएका उड्डयन पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा राज्यले लगानीको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । देशभर रहेका विमानस्थलमध्ये ४१ वटा विमानस्थल छोटो धावनमार्ग भएका छन् भने ११ वटा विमानस्थल टाइप सीमा वर्गीकृत रहेका छन् । त्यस्तै १७ वटा विमानस्थलमा मात्रै अग्नि निवारण यन्त्रको व्यवस्था छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...