एमाले सचिवालय बैठक सुरु

Published on

काठमाडौं । नेकपा (एमाले) का नेताहरूले होली मनाएका छन् । नेताहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ्ग दलेर खुसी साटासाट गरेका हुन् ।

पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल लगायतका पार्टी पदाधिकारीहरूले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् । सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...