कृषि उत्पादन खुम्चियो

Published on

काठमाडौं । नुवाकोटमा कृषि उत्पादनमा ह्रास आएको छ । पछिल्लो समय युवा सहज र सुविधायुक्त जीवनयापनको लालसाले बिदेसिने व्रmम बढेसँगै ग्रामीण बस्ती उराठ देखिन थालेको छ । यसका कारण ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने परम्परागत कृषि क्षेत्र खुम्चिनुका साथै खाद्य प्रणालीमा असर परेको छ ।

कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख केशव खनालले अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको आकार र उत्पादकत्व खुम्चिँदै गएको बताउनुभयो । निर्वाहमुखी कृषि अन्तर्गत दशकअघिसम्म जिल्लाका पहाडी ग्रामीण भेगमा मौसम तथा हावापानी अनुसार हिउँदे र बर्खे गरी सहजै तीन बाली हुने गरेको थियो । धान, मकै, गहुँ, कोदो र तोरी जस्ता बाली लगाउने गरिन्थ्यो । कृषि उपजलगायत दुग्धजन्य पदार्थ र पशुचौपायाको बिक्री र सञ्चिति नै ग्रामीण अर्थतन्त्रको भरपर्दो आधार भएको स्थानीय विष्णु सापकोटाले बताउनुभयो । यता श्रमशक्ति पलायनले विप्रेषण अर्थात् रेमिट्यान्समा वृद्धि देखिए पनि सामाजिक सद्भाव र सहकार्यसहितको गाउँघरका ऐँचोपैँचो र भारोपर्म जस्ता मौलिक परम्परा पनि मासिएको छ । जसले ग्रामीण पहाडी भेगका निर्वाहमुखी र आत्मनिर्भर कृषि प्रणालीसमेत प्रभावित भएको छ ।

युवा बिदेसिएसँगै उत्पादनमा परोक्ष असरसहित जिल्लाको दिगो र भरपर्दो अर्थतन्त्रमा दूरगामी प्रभाव पारेको अर्थविद् ठाकुर पुडासैनीले बताउनुभयो । अहिले गाउँघरमा श्रमिक तथा युवा जनशक्तिको अभावका कारण ग्रामीण पहाडी भेगका पाखो पखेरो र खेतबारी बाँझिने व्रmम बढ्दै गएको छ । साथै पशुपालन तथा गोठ र भकारोको प्रचलनसमेत हट्दै गएको छ । यसले स्थानीयस्तरमा परनिर्भरता ह्वात्तै बढाएको छ । पशु आहार र मलका रूपमा प्रयोग हुने घाँसपात र भान्सामा प्रयोग हुने दाउरासमेत बारीमा त्यत्तिकै खेर गइरहेको विदुर नगरपालिका–४ का श्रीकृष्ण आचार्यले बताउनुभयो ।

युवा पलायनले अहिले खेतबारी बाँझोका साथै गाउँमा खाने र खर्च गर्ने मुख अर्थात् महिला, बालबालिका र वृद्धवृद्धाको मात्रै उपस्थिति देखिएको छ । विगतमा निर्वाहमुखी खेतीपाती नै ग्रामीण अर्थतन्त्रको आधार जस्तै थिए । उपभोगपछि उब्रिएको अन्नपात र पशुचौपायाको बिक्री र सञ्चितिले नै स्थानीयको गर्जो र अन्य घरखर्च टार्ने माध्यम थिए तर अहिले युवा पलायनले जिल्लामा विप्रेषण बढे पनि यसले ग्रामीण अर्थतन्त्रलाई आत्मनिर्भरताबाट परनिर्भरतातर्फ धकेलेको पुडासैनी बताउनुहुन्छ । गोरखापत्र

ताजा समाचार

सुशासन र अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी...

प्लाइउड निर्यात दोब्बरले बृद्धि

काठमाडौं । गत केही वर्ष यता नेपालगन्ज नाकाबाट भारततर्फ हुँदैगएको प्लाइउड निकासी अघिल्लो आर्थिक...

आँधीखोलामा बेपत्ता बिद्यार्थी मृत भेटिए

काठमाडौं । स्याङ्जाको आँधीखोलामा पौडी खेल्नेक्रममा बेपत्ता भएका विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । वालिङ...

विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रले गत आर्थिक वर्ष २०८०८१ मा महसुल...