बागमती सरकारलाई हाम्रो नेपाली पार्टीद्वारा दिएको समर्थन फिर्ता

Published on

काठमाडौं । बागमती प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको छ । हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान वज्राचार्यले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो ।

उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र लिएको पत्र बागमती प्रदेश प्रमुखलाई जानकारी गराएको बताउनुभयो । हाम्रो नेपाली पार्टीले गत वर्ष पुसमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिएको थियो । संसदीय दलका नेता वज्राचार्यले प्रदेशमा आफूहरुले मुख्यमन्त्री माग गरेको बताउँदै मुख्यमन्त्री नपाएमा विपक्षमा बस्ने बताउनुभयो । यसअघि नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यस प्रदेशमा हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । गोरखापत्र

ताजा समाचार

ट्रम्पको रिस टार्न खोज्दै मोदी

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्धन गर्ने उद्देश्यले...

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने...

बेवारिसे शव फेला

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान...