रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा दु:ख नदिन आग्रह

Published on

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुस्ख दिने प्रवृत्ति तत्काल सुधार्न अध्यागमनका कर्मचारीलाई आग्रह गर्नुभएको छ ।

अध्यागमन विभागसँगको ब्रिफिङमा मङ्गलबार मन्त्री लामिछानेले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैबाट सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन आग्रह गर्नुभयो । ‘‘विदेशीका लागि अध्यायमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन । अध्यागमन सुधारका योजना ल्याउनुस् । तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ । म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु,’’ उहाँले भन्नुभयो ।

मन्त्री लामिछानेले केही खराव मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको पनि बताउनुभयो । ‘‘खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्छ ।अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाउनु पर्छ । जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती छन् । तर, प्रयास जारी राख्नुपर्छ । म हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न । भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनु हुन्न्। दलीय आवद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।’’ कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाई र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिनुभयो। त्यस्तै, विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम कारबाही, समस्या र चुनौतिबारे जानकारी गराउनुभएको थियो ।

ताजा समाचार

चालु आवको बजेटको अर्धवार्षिक प्रगति मिश्रित छ ” अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित...

‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’

काठमाडौँ । मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन...

‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर...

डेढ करोड लगानीमा व्यावसायिक फलफूल खेती

काठमाडौँ । ढोरपाटन जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण...