युवा विदेशमा विकास गाउँमा,

Published on

काठमाडौं । बाजुरा जिल्लाको कतिपय पालिकाको एउटा वडाबाट अर्को वडामा पुग्न एक दिनभर लाग्ने गर्छ । त्यस्तै एक पालिकादेखि अर्को पालिकासम्म पुग्न दुई दिनसम्म लाग्ने गर्छ । तर अहिले सडक यातायातको सहजतासँगै एक दिनको बाटो एक घण्टा र दुई दिनको बाटो दुई घण्टामै पुग्न सक्ने गरी सुविधा विस्तार भएको छ । प्रत्येक स्थानीय तहका गाउँबस्ती सडक सञ्जालको पहुँचमा पुगेसँगै आवातजावतमा सहज भएको छ ।

त्यस्तै स्थानीयले उत्पादन गरेका तरकारीलगायत फलफूल बजारमा बिक्री गर्न सहज हुने गरेको छ । सरकारी कामकाजका लागि एकरदुई दिन पैदल हिँडेर सदरमुकाम मार्तडी आउन सास्ती खेप्दै आएकालाई दुईरचार घण्टा लाग्ने गरेको छ । हिमाली, जगन्नाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमूल, त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदहलगायका स्थानीय तहमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत यातायात सेवामा परिवर्तन आएको छ । सडक सञ्जालको पहुँचबाट वञ्चित अधिकांश गाउँबस्ती तथा वडासम्म गुड्न थालेका छन् । तर पनि अधिकांश युवा भने घर तथा गाउँबस्ती छोडेर विदेश पलायन हुँदै आएका छन् । गाउँमा विकास पुगे पनि यहाँका युवा भने रोजगारीका लागि दिनप्रतिदिन विदेशमा जाने क्रम बढ्दै गएको छ । पछिल्लो समय युवा पलायनसँगै अधिकांश गाउँबस्ती खाली बनेका छन् । घरमा ताला लगाएको पाइन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र सडक सुविधा भए पनि युवाका लागि विदेश स्वर्ग र गाउँ नर्क जस्तै बनेको आभास हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

रोजगारीको खोजीका लागि नेपालकै विभिन्न सहर तथा भारत र खाडी मुलुक जानेको लर्को नै लाग्ने गरेको छ । गाउँमा केही गरेर खाने व्यवस्था नभएपछि पेट पाल्नकै लागि घर छोडेर कामको खोजीमा भारतका विभिन्न ठाउँमा जानु परेको बुढीगङ्गा नगरपालिका–१० स्थानीय रूपबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा प्रशस्त जमिन भए पनि त्यसमा सिँचाइ सुविधा नहुँदा जमिन सधैँ बाँझो रहेको छ ।” भौतिक पूर्वाधार विकाससँगै स्थानीय सरकारले गाउँमै आर्थिक उपार्जन गर्ने सिपमूलक तथा आयआर्जन मूल कार्यक्रम सञ्चालन गर्न नसक्दा युवा कामकै खोजीका लागि बाहिर जाने गरेको सार्कीले बताउनुभयो । त्रिवेणी नगरपालिका–२ का स्थानीय पदम नेपाली आफूलाई बुवाले भारतकै नोकरी गरेर पढाउनुभएकाले छोराछोरी पढाउन र घरखर्च टार्न भारत बस्नु परेको बताउनुहुन्छ ।

गाउँमा रोजगारीका लागि केही काम नहुँदा म जस्तै यहाँका दर्जनौँ पढेलेखेका युवाले अहिले रोजगारीकै लागि भारतमा जानु परेको नेपालीले बताउनुभयो । गाउँमा पढेर पनि केही काम नपाएपछि अधिकांश युवाले बाहिरिनु परेको छ । युवाका लागि अहिलेको स्थानीय सरकारले गाउँमै केही गरेर खाने वातावरण सिर्जना नगर्दा युवाले बाहिरिनु परेको हो । दसैँतिहार तथा असार लगाउने बेला भरिए पनि त्यसपछि भने यहाँका अधिकांश गाउँबस्ती युवाविहीन हुने गर्दछन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बाजुराको बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दामा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामिकार्तिकमा दुई हजार २२३ र खप्तड छेडेदहमा तीन १७४ घरपरिवार बसोबास गर्दै आएका छन् । गोरखापत्र

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...