टर्कीको स्थानीय चुनावमा विपक्षी दलको अग्रता

Published on

काठमाडौं । टर्कीको मुख्य विपक्षी रिपब्लिकन पिपुल्स पार्टीले देशको सबैभन्दा ठूलो शहर इस्तानबुल र राजधानी अंकारालगायत प्रमुख शहरहरुमा भएको स्थानीय चुनावमा ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको छ ।

प्रारम्भिक नतिजालाई उद्धृत गर्दै सरकारी निकायले यसबारेमा जानकारी दिएको हो । टर्कीको सर्वोच्च निर्वाचन परिषद्का अध्यक्ष अहमद येनरले कुल मतको ५१.२ प्रतिशत मत गणना भइसकेको र मतगणना जारी रहेको बताउनु भयो । इस्तानबुलमा ७९ प्रतिशत मतपेटिका खुलेपछि सीएचपीका तर्फबाट वर्तमान मेयर एकरेम इमामोग्लुले ५०.५३ प्रतिशत मत ल्याउनुभएको छन् भने सत्तारुढ न्याय र विकास पार्टी (एकेपी) का उम्मेदवार मुरात कुरुमले ४०.७२ प्रतिशत मत ल्याउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सत्तारुढ दलले २०१९ मा पछिल्लो स्थानीय चुनावमा दुवै शहरमा आफ्नो नियन्त्रण गुमाएको थियो ।

गत वर्ष मे महिनामा एर्डोगान पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँको गठबन्धनले संसदमा बहुमत सिट प्राप्त गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...