सडक निर्माण अलपत्र सर्वसाधारणलाई सास्ती

Published on

काठमाडौं । पुथाउत्तरगङ्गा गाउँपालिकाका १४ वटै वडा जोड्ने देउखोला–नायगाड–जामाबगर सडकखण्डको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र छ । २०७५ असोजबाट देउखोला–नायगाड–जामाबगर–त्रिवेणी सडकखण्डको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो ।

त्यस बेलादेखि हालसम्म सडक निर्माणका लागि ठेकेदार कम्पनीसँग तीन पटक म्याद थप गरिएको छ तर पनि सडकको ट्र्याक खोल्ने काम नै अलपत्र अवस्थामा रहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को बजेटमा पिएचरशङ्कर माली जेभी निर्माण सेवाले सडक निर्माणको जिम्मा पाएको हो । एसियाली विकास बैङ्कको ८० प्रतिशत सहुलियत ऋणमा निर्माणाधीन यस सडकमा सरकारको २० प्रतिशत लगानी रहेको छ । देउखोला–नायगाड–त्रिवेणीसम्म ११।६ किलोमिटर लामो यस सडकखण्डमा पहरा र चट्टान भएको तीन किलोमिटर ठाउँमा ट्र्याक खोल्ने काम छ वर्षदेखि अलपत्र छ । तीन पटक म्याद थपको समय पनि गत वर्षको जेठ महिनामै सकिसकेको सडक निर्माणका सबकन्ट्र्याक्टर रामचन्द्र ओलीले बताउनुभयो । पुनः म्याद थपको प्रक्रिया अघि बढिरहेको ओलीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणले ट्र्याक खोल्न समस्या भइरहेको छ । भौगोलिक विकटता र निर्माण व्यवसायसँगको आर्थिक कारोबारलगायतका कारणले काममा ढिलासुस्ती भइरहेको छ ।”

भविष्यमा यस सडकलाई रुकुमपश्चिम–रुकुमपूर्व हुँदै डोल्पासँग जोड्ने सरकारको रणनीतिक योजना रहेको छ । सडक निर्माण भएमा सिस्ने गाउँपालिका–१ र २ तथा पुथाउत्तरगङ्गा गाउँपालिकाका १४ वटै वडाका लागि महìवपूर्ण सडक सञ्जालका रूपमा स्थापित हुने छ । हाल निर्माण कार्यमा ढिलासुस्तीले स्थानीय नागरिकलाई सरसामान ओसारपसारमा साह्रै सास्ती भइरहेको पुथाउत्तरगङ्गा–१४ का नामेन्द्र सुनारले बताउनुभयो । पुथाउत्तरगङ्गा गाउँपालिकाकाको ३, ४, ७, ८, ९ र सिस्ने गाउँपालिकाको १ र २ वडामा गाडी जाने बाटो छैन । यी वडालाई सडक सञ्जालमा जोड्ने भनेको यही देउखोला–नायगाड–त्रिवेणी सडक भएको स्थानीय बताउँछन् ।

अहिलेसम्म सडक नभएकाले सरसामान खच्चडबाट ढुवानी गर्नु परेको सिस्ने–२ का प्रेम घर्तीमगरले बताउनुभयो । खच्चडले बोक्न अप्ठ्यारो हुने भारी मानिस आफैँले बोक्ने गरेका छन् । त्यसैले पनि यो सडक निर्माण कार्य नभई नहुने भए पनि सरकार र ठेकेदारको बेवास्ताले समस्या भएको सिस्ने–१ का धनमाया बुढाले बताउनुभयो । सडक निर्माण नहुँदा सर्वसाधारण नागरिकलाई आवातजावत मात्र नभई सामान ढुवानीमा निकै समस्या भएको गुनासो उहाँले राख्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...