औद्योगिक काम अघि बढाउन प्रधानमन्त्रीसमक्ष अनुरोध

Published on

काठमाडौं । आठ बर्षअघि मन्त्रिपरिषदले निर्णय गरे पनि निर्माण कार्य बढ्न नसकेको बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराइएको छ ।

बाँकेबाट सङ्घीय संसद, लुम्विनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीसहित बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिको संयुक्त टोलीले प्रधानमन्त्री प्रचण्डलाई तत्काल काम अघि बढाउन ध्यानाकर्षण गराएको लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सबैपक्षलाई सहमतिमा लिएर तत्काल काम अघि बढाउने प्रतिवद्धता जनाउनुभएको छ ।’ प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, आशा विक, प्रदेशसभा सदस्य खत्री, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, वडा अध्यक्ष राजु रुचाल, एमाले नेता घननाथ खनाल, बिमल मल्लसहितको टोलीले प्रधानमन्त्री कार्यालयमा पुगेर नौवस्ता औद्योगिक क्षेत्रको काम तत्काल अघि बढाउन माग गरेको जनाएको छ ।

यसैगरी टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि भेटगरी तत्काल औद्योगिक क्षेत्रको काम अघि बढाउन माग गरेको छ । नौवस्ता औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरी प्रत्यक्ष जानकारी लिनुभएका मन्त्री भण्डारीले पनि हाल देखिएको बिवाद समाधान गरी तत्काल काम अघि बढाइने बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरे पनि वस्तीलगायतका कारण पछि ३३८ बिघामा निर्माण कार्य अघि बढाउने भनिएको छ । त्यसभित्र समेत केही घर परेपछि विवादका कारण लामो समयसम्म औद्योगिक क्षेत्रको काम अघि बढ्न नसकेको हो । सो क्षेत्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य खत्रीले मानव बस्तीलाई व्यवस्थापन गरी औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय बासिन्दा तयार रहेको बताउनुभयो । नौवस्तामा औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि २५० जना उद्योगी व्यवसायीले आवेदन दिनुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...