शाश्वत आचार्य स्मृति पुरस्कारबाट गायक निर्मोहीसहित दुई साहित्यकार सम्मानित

Published on

काठमाडौं । यस वर्षको शाश्वत आचार्य स्मृति पुरस्कार मृगौला रोगबाट पिडित चर्चित लोकगायक कमल विक निर्मोही र दुई जना वरिष्ठ साहित्यकारसहित तीन जनालाई प्रदान गरिएको छ । स्व. शाश्वत आचार्यको २१ औं स्मृति दिवस पारेर आयोजित औपचारिक कार्यक्रम बिच सो पुरस्कार मृगौला रोगबाट थला पर्नु भएका चर्चित लोकगायक निर्मोही, नेपालगन्जका वरिष्ठ उर्दु गजलकार अब्दुल लतिफ शौक र दाङ्गका समीक्षक कमलमणि देवकोटालाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर कृष्णप्रसाद घिमिरे, प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्य र स्वर्गीय शाश्वत आचार्यकी ममतामयी माता वरिष्ठ साहित्यकार किरण आचार्यले पुरस्कृत व्यक्तित्वलाई नगद राशी १० हजार सहित कदर पत्र प्रदान गर्नु भयो । 

प्रा.डा. आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्वस्थ अवस्थामा रहनु भएका निर्मोहीको तर्फबाट छोरा शैलेन्द्रले पुरस्कार तथा कदर पत्र ग्रहण गर्नु भयो । पुरस्कृत व्यक्तित्वका बारे गजलकार खगेन्द्र गिरी कोपिलाले चर्चा गर्नु भएको थियो भने उहाँरूको अभिनन्दन पत्र प्राध्यापक डाक्टर गोपालप्रसाद अधिकारीले वाचन गर्नु भयो । सोही कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यक्तित्वहरूलाई यस वर्षको शाश्वत स्मृति सम्मान प्रदान गरिएको छ । गायक तथा लोक संस्कृतिका अध्येता डाक्टर गोविन्द आचार्य, बालरोग विशेषज्ञ डाक्टर विजय प्रधान, सामाजिक अभियन्ता समेत रहनुभएका प्लास्टिक सर्जन डा. विनोद कर्ण, हरित अभियन्ता हेमन्तराज काफ्ले, पत्रकार झलक गैरे र खेलकुद क्षेत्रमा उत्प्रेरक भूमिका खेलिरहेका धारा नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीलाई शाश्वत स्मृति सम्मान २०८२ प्रदान गरियो । 

‘निस्वार्थ भावले समाजलाई योगदान दिइरहनु भएका व्यक्तित्वहरूको हौसलाका लागि यो पुरस्कार र सम्मान प्रदान गरिएको हो’, प्रतिष्ठानका अध्यक्ष प्राडा. आचार्यले भन्नु भयो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकाल, सम्मानित व्यक्तित्व डा. कर्ण, डा. आचार्यले विद्यमान साहित्यिक अवस्था र संस्थाले खेल्नु पर्ने भूमिकाबारे आफ्ना धारणा राख्नु भएको थियो । विभिन्न साहित्यिक व्यक्तित्वहरूले गीत, गजल, कथा, कविता प्रस्तुत गरेर शाश्वत आचार्यको २१ औं जन्मजयन्तीलाई साहित्यिक सङ्गमका रूपमा सफल बनाएको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर जनार्दन आचार्यले बताउनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...