जेनजी आन्दोलनमा भागेका १०३ मध्ये ४८ कैदी पुनः पक्राउ, ५५ जनाको खोजी तीव्र

Published on

काठमाडौं । पूर्वी नवलपरासीमा जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड भई फरार भएका १०३ कैदीमध्ये ४८ जनालाई प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ। जिल्ला विभाजनपछि पूर्वी नवलपरासी कारागारविहीन जिल्ला बनेकाले यहाँका दोषी ठहर भएका कैदीलाई चितवन (भरतपुर) र पश्चिम नवलपरासी (परासी) कारागारमा पठाउँदै आएको थियो। तर भदौ २३ र २४ गते आन्दोलनकै बीच दुवै कारागारबाट नवलपुर जिल्ला अदालतमा मुद्दा चलिरहेका कैदीहरू फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार अहिले पनि ५५ जनासँग कुनै सम्पर्क हुन सकेको छैन। परिवारमार्फत आत्मसमर्पणको आग्रह गरिए पनि उनीहरू बेपत्ता नै रहेकाले कडा खोजतलास भइरहेको उनले बताए। हालै प्रहरीले विशेष टोली परिचालन गरी थप ८ जनालाई पक्राउ गरेको र बाँकी फरार सूचीमा रहेका कैदीको खोजी कार्यलाई तीव्रता दिइएको उनले बताए। कारागार अभावका कारण सजाय सुनाइएका कैदीलाई अन्य जिल्लामा पठाइँदै आएको भए पनि आन्दोलनका कारण कारागारमै तोडफोड भएपछि कैदीहरू भाग्न सफल भएका थिए। यसैबीच, नवलपुरको सदरमुकाम कावासोतीमा नयाँ कारागार निर्माण भइरहेको र निर्माण सम्पन्न भएपछि कैदीलाई अन्यत्र पठाउनुपर्ने अवस्था समाप्त हुने प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...