पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भे

Published on

काठमाडौं । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ सर्भेको काम सुरु भएको छ । सर्भेका लागि चीनबाट आवश्यक उपकरणहरु ल्याउनेक्रम जारी छ ।

केही उपकरणहरु अन्वेषणस्थलमा आइपुगेको छ भने केही रुपैडिया भन्सारमै रहेको खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले बताउनुभयो । चीनबाट भारतको कोलकत्ता हुँदै उपकरणहरु नेपालगञ्जको रुपैडिया नाकामा आइपुगेको हो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ अन्वेषणका लागि ड्रिलिङ्को सर्भे काम सुरु गरेका छौँ, आवश्यक उपकरणहरु केही आइसकेका छन्, केही भन्सारमै छन्, ल्याउने क्रममा छौँ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।
उहाँका अनुसार ड्रिलिङ सर्भे अन्तिम परिणामसहितको सर्भे भएकाले दैलेखमा कति मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने एकिन हुनेछ । साथै कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने मापन हुने उहाँको भनाइ छ । ड्रिलिङ भएको पाँच महिनाभित्र अन्वेषणको काम सुरु हुने परियोजना प्रमुख नापितले बताउनुुभयो ।

दैलेखमा २०७६ सालदेखि पेट्रोलियम पदार्थको अन्वेषणको काम सुरु भएको थियो। नेपाल र चीनको प्राविधिक टोलीले पहिलो चरणअन्तर्गत ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ गरी चार वटा सर्भे गरिसकिएको छ । यी प्रारम्भिक रुपमा गरिएका सर्भेले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएका थियों । अहिले जलजले क्षेत्र बढी उपयुक्त मानेर यस क्षेत्रमा नै पहिले ड्रिलिङ सर्भे गर्न लागिएको उहाँको भनाइ छ । परियोजना प्रमुख नापितले भन्नुभयो, “पहिले गरिएको अध्ययनले तीन ठाउँमा ड्रिलिङ गर्न सुझाव दिएको थियो, यो धेरै सम्भावना भएको क्षेत्र भएर पहिलो पटक यसमा गर्दैछौँ । यसमा सफलता पाएपछि अन्य ठाउँमा पनि गर्नेछौँ । अध्ययनले चार हजार मिटरभित्र पेट्रोलियम पदार्थ भएको सम्भावनासहितको प्रतिवेदन दिएको उहाँले बताउनुभयो । अब ड्रिलिङ गरिसकेपछि मात्र बास्तविकता थाहा हुने बताइएको छ । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग २ अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने सम्झौता भएको थियो । परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ ।
भैरवी गाउँपालिका –१ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान गरी सरकारले प्रतिरोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिइ अधिग्रहणको काम भएको छ ।

सडक समस्या

रुपैडिया भन्सारमा रहेका उपकरणहरु सर्भेस्थलसम्म पुगाउन सडकका कारण समस्या भएको छ । परियोजना प्रमुख दिनेशकुमार नापितका अनुसार कर्णाली राजमार्ग साधुँरो रहेको र ४०–५० फिट लामो उपकरणहरु लैजान ट्रकलाई समस्या भइरहेको छ । उहाँले भन्नुभयो, “कर्णाली राजमार्ग हुँदै उपकरणहरु दैलेख लग्नुपर्छ, राजमार्ग साँघुरा छन् । घुम्तिमा ४०–५० फिट लामो उपकरण बाकेको ट्रकहरु लैजान नै समस्या भएको छ । केहीबेर अघि मात्र ट्रक पल्टियो ।”

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...