सुप सरकार गठनमा नागरिक उन्मुक्ति निर्णायक

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गठबन्धन सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । यसअघिको गठबन्धन सरकारबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टी नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो । नेपाली कांग्रेस नेतृत्वको सरकार ढलेपछि सो पार्टी प्रदेश सरकारबाट हटेको थियो । बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री शाहले राजीनामा दिएपछि संविधानमा भएको व्यवस्थाबमोजिम प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आह्वान गर्नुभएको छ । संविधानको धारा १६२ को उपधारा ९२० बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबीको आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखले आह्वान गरे अनुसार मुख्यमन्त्री नियुक्तिको समयसीमा आउँदो वैशाख २ सम्म तोकिएको छ । नयाँ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) मिले पनि सरकार गठनमा बहुमत पुग्दैन ।

बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धनसँग माओवादीका १०, एमालेका १० र समाजवादीका चार गरी २४ जना प्रदेश सदस्य रहेका छन् । नयाँ गठबन्धनलाई सरकार गठन गर्न राप्रपाका एक र स्वतन्त्र एक सदस्यले समर्थन गर्दा पनि बहुमत पुग्दैन । बहुमत पु¥याउन नागरिक उन्मुक्ति पार्टी नै निर्णायक देखिएको छ । सरकार गठनका लागि उन्मुक्ति पार्टी निर्णायक रहेकाले सो पार्टीलाई मनाउने प्रयास जारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बताउनुभयो । “नागरिक उन्मुक्तिलाई गठबन्धनमा ल्याउने प्रयास जारी छ,” उहाँले भन्नुभयो, “सो पार्टीका प्रदेश सभा सदस्यहरू काठमाडौँमा रहेकाले तत्काल बसेर छलफल गर्न नसकिरहेको अवस्था छ ।” यसअघिको सरकारमा उन्मुक्ति पार्टीले थप मन्त्री पठाएपछि सो पार्टीभित्र आन्तरिक विवाद चुलिएको थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...