नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने

Published on

काठमाडौं । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिनुभयो । ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि सडक महोेत्सवको आयोजना गरिएको उहाँको भनाइ छ ।

संयोजक राजभण्डारीले चैत ३० गते शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताउनुभयो । सोही दिन साँझ ठमेलभित्र उत्पादित सामग्री बिक्रीवितरणका साथै सांस्कृतिक कार्यक्रम हुनेछन् ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । महोत्सवका लागि सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई कडाइ गरिने उहाँको भनाइ छ । अध्यक्ष शर्माले ठमेललाई सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक कालोपत्र तथा मर्मत गरिसकिएको जानकारी दिनुभयो ।

परिषद्ले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सिसिटिभी जडान गरिसकेको अध्यक्ष शर्माको भनाइ छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको चाप बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारी साधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषद्ले आग्रह गरेको छ । रासस

ताजा समाचार

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाडौं । कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध...

दाङमा बढ्दै डेङ्गुका बिरामी

काठमाडौं । दाङका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखा पर्न थालेका छन् । घोराहीस्थित राप्ती स्वास्थ्य...

वार्षिक १५ जनाको कलेजो प्रत्यारोपण

काठमाडौं । नेपालमा केही वर्षअघिसम्म कल्पनामा सीमित रहेको कलेजो प्रत्यारोपण निरन्तर रूपमा हुन थालेको...

‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’

काठमाडौं । सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको...