सप्तरीमा गहुँ बाली भित्र्याउने चटारो

Published on

काठमाडौं । तराई मधेशका जिल्लामा यतिबेला किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ । सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ(आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।

यो वर्ष गहुँ उत्पादन अरु वर्षको तुलनामा कमी आएको किसानहरु बताउँछन् । महादेवा गाउँपालिका(२ का किसान दिपेन्द्र माझीका अनुसार केही दिनदेखि सुक्खा हावा धेरै चलेकाले गहुँ बाली चाँडै पाकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, गहुँ छरेपछि पानी पर्नै सकेन । त्यसैले यस वर्ष उत्पादनमा सन्तोषजनक मात्रै छ । फलेको गहुँ पनि मुसाले खाएर धेरै क्षति गर्न थालेपछि किसानलाई गहुँ भित्र्याउन हतार भएको हो । यहाँका प्रत्येक खेतीयोग्य फाँटमा गहुँ काट्ने मजदुर र किसान व्यस्त देखिन्छन् । केही किसानले गहुँ काट्न मेसिन प्रयोग गर्न थालेका छन् तर सबै किसानको पहुँचमा मेसिन पुग्न सकेको छैन ।

अधिकांश किसानले आफैँ तथा कतिपयले मजदुर लगाएर गहुँ काट्ने गरेका छन् । गहुँ झार्न भने किसानको खेत खेतमै थ्रेसर पुग्ने गरेको छ । सप्तरीमा २९ हजार ४ सय हेक्टरमा गहुँ खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख किसुनदेव राउतले १८ वटै पालिकामा धमाधम गहुँ भित्र्याउने क्रम चलिरहेकाले उत्पादन परिमाण प्राप्त हुन बाँकी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख राउतले अहिले सबै तिरका किसानले धमाधम गहुँ भित्र्याएका छन् । के कति परिमाणमा उत्पादन भयो भन्ने विवरण पालिकाको कृषि शाखाले पठाइसकेका छैनन् ।

जिल्लामा अघिल्ला वर्षहरूमा वार्षिक ६० देखि ६२ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...