सप्तरीमा गहुँ बाली भित्र्याउने चटारो

Published on

काठमाडौं । तराई मधेशका जिल्लामा यतिबेला किसानलाई गहुँ बाली भित्र्याउने चटारो परेको छ । सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ(आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।

यो वर्ष गहुँ उत्पादन अरु वर्षको तुलनामा कमी आएको किसानहरु बताउँछन् । महादेवा गाउँपालिका(२ का किसान दिपेन्द्र माझीका अनुसार केही दिनदेखि सुक्खा हावा धेरै चलेकाले गहुँ बाली चाँडै पाकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, गहुँ छरेपछि पानी पर्नै सकेन । त्यसैले यस वर्ष उत्पादनमा सन्तोषजनक मात्रै छ । फलेको गहुँ पनि मुसाले खाएर धेरै क्षति गर्न थालेपछि किसानलाई गहुँ भित्र्याउन हतार भएको हो । यहाँका प्रत्येक खेतीयोग्य फाँटमा गहुँ काट्ने मजदुर र किसान व्यस्त देखिन्छन् । केही किसानले गहुँ काट्न मेसिन प्रयोग गर्न थालेका छन् तर सबै किसानको पहुँचमा मेसिन पुग्न सकेको छैन ।

अधिकांश किसानले आफैँ तथा कतिपयले मजदुर लगाएर गहुँ काट्ने गरेका छन् । गहुँ झार्न भने किसानको खेत खेतमै थ्रेसर पुग्ने गरेको छ । सप्तरीमा २९ हजार ४ सय हेक्टरमा गहुँ खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख किसुनदेव राउतले १८ वटै पालिकामा धमाधम गहुँ भित्र्याउने क्रम चलिरहेकाले उत्पादन परिमाण प्राप्त हुन बाँकी रहेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख राउतले अहिले सबै तिरका किसानले धमाधम गहुँ भित्र्याएका छन् । के कति परिमाणमा उत्पादन भयो भन्ने विवरण पालिकाको कृषि शाखाले पठाइसकेका छैनन् ।

जिल्लामा अघिल्ला वर्षहरूमा वार्षिक ६० देखि ६२ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको थियो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...