बेमौसमी मकैखेतीबाट आम्दानी लिँदै किसान

Published on

काठमाडौं । दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय धेरै किसान बेमौसमी मकैखेतीतर्फ आकर्षित भएका छन् ।

सुख्खा समयमा पनि मकै खेतीबाट आम्दानी लिन सकिने भएपछि अन्य काम छोडेर मकै खेतीमा लागेको लमही नगरपालिका–४ सेमरहवा निवासी किसान राजबहादुर चौधरी बताउँनुहुन्छ । पहिले घरमा खानका लागि मात्रै मकै खेती गर्दै आउनुभएका चौधरीले पछिल्लो समय करिब एक विगाह क्षेत्रफलममा व्यवसायिक रुपमा मकैखेती गर्न थाल्नुभएको छ । पहिले परम्परागत रुपमा घरमा खानका लागि मात्रै मकैखेती गर्ने गरे पनि विगत चार वर्षदेखि व्यवसायिक रुपमा लागेको भन्दै चौधरीले भन्नुभयो, हरियो मकै पनि बिक्री हुने र अन्यवालीको तुलनामा आम्दानी पनि बढी हुने भएकाले व्यवसायिक मकै खेती गर्दै आएको छु । वर्षमा दुई बाली मकैखेती गर्न सकिने, जसले गर्दा आम्दानी राम्रो हुने उहाँ बताउनुहुन्छ । उहाँले मकै खेतीबाट वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार हरियो मकैको प्रतिघोगा पाँचदेखि दश रुपियाँका दरले बिक्री हुने गर्दछ भने सुकेको मकै प्रतिक्विन्टल ३५ हजार रुपियाँका दरले बिक्री गर्ने गर्दछ । त्यसँगै बोटसमेत घाँसका रुपमा बिक्री हुने गर्दछ । एक बाली मकैखेती हुने जमिनबाट दुई बाली खेती गर्न सकिने र आम्दानी बढी लिन सकिने भएकाले मकैखेतीतर्फ लागेको लमही नगरपालिका–३ निवासी किसान टुनुराम चौधरी बताउँनुहुन्छ । लालीगुराँस जैविक विविधता कृषक समूहका अध्यक्ष चौधरीले ३६ कठ्ठा जमिनमा व्यावसायिक मकैखेती गर्दै आउनुभएको छ । मकैखेतीबाट वर्षमा पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको चौधरी बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘व्यवसायिक मकैखेतीबाट राम्रो आम्दानी हुने गरेको छ । मकै खेतीले गर्दा नै कमाउनका लागि बाहिर कतै जानुपरेको छैन ।’’ उहाँका अनुसार लमही, भालुवाङ र घोराही लगायतका बजारमा मकै पोलेर बिक्री गर्नेहरुसँगै घरमै आएर लग्ने भएकाले बिक्रीमा समेत समस्या छैन । । उहाँका अनुसार प्रतिघोगा सातदेखि १० रुपियाँसम्म घोगा बिक्री हुने गरेको छ । परियोजनाले सहयोग गरेपछि लमही नगरपालिकासँगै गढवा गाउँपालिका र राप्ती गाउँपालिका विभिन्न क्षेत्रमा मकै खेती गर्ने किसान थपिएका छन् । बेमौसमी मकैखेतीबाट आकर्षक आम्दानीसँगै खेती गर्नका लागि किसानलाई प्रविधिसँगै बिउबिजन सहयोग गरेपछि धेरै किसान मकैखेतीमा जोडिएको प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ दाङका कृषि अधिकृत हेमन्त पौडेल बताउँनुहुन्छ । कृषि अधिकृत पौडेलका अनुसार परियोजना सुरु भएपछि करिब १५/१६ प्रतिशतमा रहेको हिउँदे मकैखेती बढेर दुई सयदेखि तीन सय र १२\१३ प्रतिशतमा रहेको बसन्ते मकैखेती बढेर अहिले १७\१८ सयदेखि दुई हजार हेक्टरसम्म क्षेत्रफलमा खेती हुने गरेको बताउनुहुन्छ । परियोजनाले किसानलाई खेती गर्नेदेखि बजारीकरणसम्म सहयोग गर्न थालेपछि सुक्का समयमा खाली हुने जमिनहरु अहिले मकैखेतीले हरियाली भएको कृषि अधिकृत पौडेल बताउँनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘‘जिल्लामा मकै खेतीको राम्रो सम्भावना भए पनि गर्ने तरिका बारेमा थाहा नहुँदा परम्परागत रुपमा किसानले खेती गर्दै आउनुभएको थियो । तर परियोजना लागू भए पनि किसानलाई मकैखेती गर्ने तरिकासँगै यान्त्रिकरणमा सहयोग गरेपछि अहिले धेरै किसान जोडिएका छन् । जिल्लामा आर्थिक वर्ष २०७३\०७३ सालदेखि मकै खेती पर्द्धनका लागि प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन एकाइ सञ्चालनमा आएको थियो । गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...