पर्खालमा कोरिएका चित्र : सन्देशसँगै सौन्दर्य

Published on

काठमाडौं । काठमाडौँ महानगरका विभिन्न ठाउँका पर्खाल तथा भित्ताहरू अचेल सन्देशमूलक चित्रकलाले सजिएको छ । बाटोका यात्रु तथा सर्वसाधारण ती चित्रकला हेरेर तथा फोटो खिचेर रमाउने रमाउने गरेका छन् ।

महानगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबिच गत फागुनको अन्तिम हप्ता चित्रकला रङ्गरोगन गर्ने सम्बन्धमा सम्झौता भएको थियो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले महानगरसँग सौन्दर्यकरण सम्बन्धमा भएको सम्झौताअनुरूप सुन्धारा, दशरथ रङ्गशाला, माइतीघर मण्डला, बबरमहल, त्रिभुवन विमानस्थल लगायतका विभिन्न स्थानमा यसखाले रङ्गरोगन गरिएको छ । धार्मिक तथा सांस्कृतिक गतिविधि हुने क्षेत्रमा सोहीअनुसारको चित्रहरू कोरिएको छ भने खेलकुदका गतिविधि सञ्चालन हुने ठाउँमा खेलसम्बन्धी चित्रकलाहरू कोरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “त्यो क्षेत्र हेरेर छ । सांस्कृतिक गतिविधि हुने क्षेत्रमा सांस्कृतिक विषयमा, खेल क्षेत्रमा खेलसम्बन्धी, एयरपोर्ट साइडमा पर्यटनसँग सम्बन्धित छ । सामाजिक सन्देश दिने खालको चित्रमा सन्देशसँगै सौन्दर्यकरण बढाउने गरी चित्र कोरिएको छ । उहाँले यो कुन क्षेत्र हो भन्ने कुरा पर्यटकले पनि बाहिर चित्रबाटै हेरेर सहज रूपमा बुझ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो क्षेत्र छिर्दै यो क्षेत्र रहेछ भन्ने कुरो यहाँको मान्छेलाई त थाहा छ, बाहिरको मान्छे आउँदा पनि थाहा हुनेछ । पुरातात्त्विक सम्पदा तथा क्षेत्रहरूमा रंगरोगन गर्न मिलेन । जहाँ पर्खालहरू छ, खाली र फोहोर पर्खाललाई सौन्दर्यकरण गर्ने कुरा हो ।

चित्रमार्फत सन्देश र संस्कृति उजागर गर्ने मुख्य ध्येय रहेको उहाँको भनाइ छ ।सडकका पर्खालहरूमा कोरिएका यस्ता रंगरोगन कति समय टिकाउ होला भन्ने जिज्ञासामा उहाँले यो करिब पाँच वर्षसम्म टिक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चार, पाँच वर्षसम्म जाला । बाहिर सडकमा दिनरात घाम, पानी आउँछ । अरू विभिन्न चीजहरू पनि टाँसेको हुन्छ । अहिले यसो हेर्दा पनि आहा १ भन्ने त भयो नि । कसरी हुन्छ सकारात्मक सोच निर्माण गर्ने न हो मान्छेलाई । सहरी सौन्दर्यकरण गर्ने कुरामा हामीले पनि सहकार्य गर्न पाएका छौँ ।” उहाँका अनुसार २० ( २५ वर्षदेखि यही क्षेत्रमा पोख्त कलाकारहरू यी चित्रकला बनाउन लागिपरेका छन् ।

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...