कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

Published on

काठमाडौं । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।

कालिका मन्दिरमा यस पटकको चैते दसैँ ९नवरात्री०को अवसरमा ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । खड्काका अनुसार गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम भेटी सङ्कलन भएको छ । गत वर्षको चैते दसैँमा ५१ लाख भेटी सङ्कलन भएको थियो । नवरात्र सुरु भएपछि चैते दसैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैँको तुलनामा ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ । “यस पटकको चैते दसैँमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्ना साथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैँमा पाँच लाखभन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भन्नुभयो “चैते दसैँको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते )को दिनमा नौ लाख १८ हजार भेटी सङ्कलन भएको छ ।”

मन्दिर आसपास रहेका सटरबाट मन्दिरले मासिक तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...