कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

Published on

काठमाडौं । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङको कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन भएको छ । मन्दिरमा बडादसैँको र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।

कालिका मन्दिरमा यस पटकको चैते दसैँ ९नवरात्री०को अवसरमा ४० लाख ७२ हजार पाँच सय ५८ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । खड्काका अनुसार गत वर्षको चैते दसैँको अवसरमा सङ्कलित भेटीको तुलनामा यस पटक ११ लाख कम भेटी सङ्कलन भएको छ । गत वर्षको चैते दसैँमा ५१ लाख भेटी सङ्कलन भएको थियो । नवरात्र सुरु भएपछि चैते दसैँ अवधिभर पाँच लाखभन्दा बढी दर्शनार्थीले कालिका मन्दिर दर्शन गरेका थिए । चैते दसैँको अवसरमा कालिका भगवती मन्दिरमा यस पटक बलिको सङ्ख्या घटेकाले अघिल्लो चैते दसैँको तुलनामा ११ लाख कम भेटी सङ्कलन भएको खड्काको भनाइ छ । “यस पटकको चैते दसैँमा दर्शनार्थी बढेको तर बलि घटेको पाइएको छ, बलि घट्ना साथ भेटीमा कमी आएको हो, तर धार्मिक पर्यटकको सङ्ख्या क्रमशः बढ्दै आएको हामीले पाएका छौँ, चैते दसैँमा पाँच लाखभन्दा बढी धार्मिक पर्यटक मन्दिरमा आएका छन्”, खड्काले भन्नुभयो “चैते दसैँको नवरात्र अवधिभरमा सबैभन्दा बढी भेटी चैत्राष्टमी (चैते )को दिनमा नौ लाख १८ हजार भेटी सङ्कलन भएको छ ।”

मन्दिर आसपास रहेका सटरबाट मन्दिरले मासिक तीन लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरसमेतबाट आम्दानी जोडिने गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव निशान खड्काले जानकारी दिनुभयो । रासस

ताजा समाचार

रु दुई अर्ब बराबरको सम्पत्ति जफतको प्रक्रियामा गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको...

जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौँ । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा...

क्यालिफोर्नियामा आगलागीको जोखिम अझै उच्च

काठमाडौँ । दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि...