निःशुल्क हेल्थ डेस्कबाट २९ सयभन्दा बढीले लिए सेवा

Published on

काठमाडौं । नेपाली कांग्रेस, सुनसरी–१ क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा २९ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । १२ वर्षमा लाग्ने महाकुम्भ मेलामा आउने तिर्थालु तथा दर्शनार्थी भक्तजनहरुका स्वास्थ्यलाई मध्यनजर गर्र्दै कांग्रेसले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार गत चैत्र २७ गतेदेखि सुरु गरिएको हेल्थ डेस्कमा वैशाख १४ गतेसम्म २९ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । उहाँका अनुसार हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने गरिएको छ । स्वास्थ्य सम्बन्धी जनचेतानमूलक पर्चा वितरण गर्ने गरिएको तथा चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा लिन आउने भक्तजनहरु अधिकाशंलाई प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो ।

हेल्थ डेस्कमा वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल परिवार नियोजन संघ सुनसरी, विजयपुर अस्पताल लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेको सभापति तामाङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा लिनेमा ७० प्रतिशतको ब्लड प्रेसर उच्च पाइएको छ । हेल्थ डेस्क सञ्चालनको व्यवस्थापकीय सहयोगमा नेपाली कांग्रेसको प्रदेशसभा १९१०, १९२०, नगर र १४ नं। वडा तथा नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १९१०, १९२० र नगर समिति रहेका छन् । त्यसैगरी सहयोगमा पिण्डेश्वार बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक रहेका छन् । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...