निःशुल्क हेल्थ डेस्कबाट २९ सयभन्दा बढीले लिए सेवा

Published on

काठमाडौं । नेपाली कांग्रेस, सुनसरी–१ क्षेत्रीय समितिले धरानको पवित्र ऐतिहासिक धार्मिक स्थल पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कमा २९ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । १२ वर्षमा लाग्ने महाकुम्भ मेलामा आउने तिर्थालु तथा दर्शनार्थी भक्तजनहरुका स्वास्थ्यलाई मध्यनजर गर्र्दै कांग्रेसले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार गत चैत्र २७ गतेदेखि सुरु गरिएको हेल्थ डेस्कमा वैशाख १४ गतेसम्म २९ सय ६७ जनाले स्वास्थ्य सेवा लिएका छन् । उहाँका अनुसार हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल आदि औषधीहरु वितरण गर्ने गरिएको छ । स्वास्थ्य सम्बन्धी जनचेतानमूलक पर्चा वितरण गर्ने गरिएको तथा चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा लिन आउने भक्तजनहरु अधिकाशंलाई प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिन लगायतका औषधीहरु सेवन गर्न दिनु परेको नेपाली कांग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताउनुभयो ।

हेल्थ डेस्कमा वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल परिवार नियोजन संघ सुनसरी, विजयपुर अस्पताल लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेको सभापति तामाङले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवा लिनेमा ७० प्रतिशतको ब्लड प्रेसर उच्च पाइएको छ । हेल्थ डेस्क सञ्चालनको व्यवस्थापकीय सहयोगमा नेपाली कांग्रेसको प्रदेशसभा १९१०, १९२०, नगर र १४ नं। वडा तथा नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १९१०, १९२० र नगर समिति रहेका छन् । त्यसैगरी सहयोगमा पिण्डेश्वार बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...