नासाको अध्ययनले पृथ्वीका नदीको नयाँ विश्वव्यापी लेखाजोखा प्रदान गर्ने

Published on

काठमाडौं । नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति पानी बग्छ भन्ने नयाँ अनुमान उपलब्ध गराएको छ । यो पृथ्वीको जलचक्र बुझ्न र यसको ताजा पानीको आपूर्ति व्यवस्थापन गर्न महत्त्वपूर्ण जानकारी हो ।

दक्षिणी क्यालिफोर्नियामा नासाको ‘जेट प्रोपल्सन प्रयोगशाला’ का अन्वेषकहरूले नयाँ विधि प्रयोग गरे । प्रयोगले ‘स्ट्रिम–गेज’ मापनलाई विश्वभरका करिब ३० लाख नदी खण्डहरूको कम्प्युटर मोडेलहरूसँग जोडेको छ । स्ट्रिम गेज स्ट्रिममा पानीको स्तरको उचाइ मापन गर्न प्रयोग गरिने उपकरण हो । नेचर जियोसाइन्समा हालै प्रकाशित अध्ययनले सन् १९८० देखि सन् २००९ सम्म पृथ्वीका नदीहरूमा पानीको कूल मात्रा औसतमा दुई हजार दुई ४६ घन किलोमिटर रहेको अनुमान गरेको छ । अन्वेषकहरूले अमेजन बेसिनले विश्वको नदीको पानीको लगभग ३८ प्रतिशत समावेश भएको अनुमान गरेका छन् । यो कुनै पनि जलविज्ञान क्षेत्रको मूल्याङ्कन गरिएको सबैभन्दा धेरै हो ।

पृथ्वीको जलचक्रमा मानव प्रभावको मापनमा सुधार गर्न सकियोस् भनेर अध्ययनका अनुमानहरूको तुलना अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफी (एसडब्ल्युओटी) उपग्रहको डाटाबाट गर्न सकिने नासाले शुक्रबार बताएको छ । सतही जल र महासागर टोपोग्राफी नासा, फ्रान्सेली अन्तरिक्ष एजेन्सी, क्यानाडाली स्पेस एजेन्सी र युनाइटेड किङ्गडम स्पेस एजेन्सी बिचको संयुक्त सहयोग हो । यी सर्वेक्षणद्वारा सङ्कलन गरिएका तथ्याङ्कहरूले विश्वभरको ताजा पानी व्यवस्थापनमा सहयोग गर्दै समुद्री परिसंचरण मोडेलहरू र मौसम पूर्वानुमानहरू सुधार गर्न सक्छन् । सन् २०२२ डिसेम्बरमा सुरु गरिएको अन्तर्राष्ट्रिय सतही जल र महासागर टोपोग्राफीले विश्वभर पानीको उचाइको म्यापिङ गर्ने र नदीको उचाइमा हुने परिवर्तनले भण्डारण र डिस्चार्जको मात्रा निर्धारण गर्ने तरिकाको प्रस्ताव गर्दछ । राससरसिन्ह्वा

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...