साना उद्यमीलाई प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री कँडेल

Published on

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लघु औद्योगिक ग्रामलाई यस क्षेत्रकै पहिचान बताउनुपर्ने बताउनुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले औद्योगिक प्रदर्शनी प्रतियोगिताको आयोजना कार्यक्रममा शुक्रबार बोल्नुहुदै उहाँले बाहिरबाट आएर पनि उपहारको रुपमा अनिवार्य लिएर जाने किसिमका उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेलले कच्चा पदार्थको प्रशस्तै संभावना भएर पनि उपेक्षित रुपमा उत्पादन गर्न नसकेको र उत्पादित वस्तुहरुको बजारिकरणको समस्या रहेकाले त्यसको निराकरणको लागि सरकारले साथ दिने उल्लेख गर्नुभयो । उहाँले कच्चा पदार्थको उपलब्धता, बजार पहुँच सरलीकरण, गुणस्तर प्रमाणीकरण जस्ता विविध पक्षमा स्थानीय उद्यमीले समस्या भोगिरहेकाले त्यसको निराकरण गर्नमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीय उत्पादनको संरक्षण, प्रबर्द्धन र रोजगारीसँगै आर्थिक बृद्धि गर्न प्रदेश सरकारले साना उद्यमीहरुलाई साथ दिन उहाँको भनाइ छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा घरेलु औजार, मह, अल्लोबाट उत्पादन गरिएका कपडा, अचार, खाद्यन्न, काष्टकला सामग्री लगायत राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...