साना उद्यमीलाई प्रदेश सरकारले साथ दिन्छ : मुख्यमन्त्री कँडेल

Published on

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लघु औद्योगिक ग्रामलाई यस क्षेत्रकै पहिचान बताउनुपर्ने बताउनुभएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले औद्योगिक प्रदर्शनी प्रतियोगिताको आयोजना कार्यक्रममा शुक्रबार बोल्नुहुदै उहाँले बाहिरबाट आएर पनि उपहारको रुपमा अनिवार्य लिएर जाने किसिमका उत्पादन गर्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री कँडेलले कच्चा पदार्थको प्रशस्तै संभावना भएर पनि उपेक्षित रुपमा उत्पादन गर्न नसकेको र उत्पादित वस्तुहरुको बजारिकरणको समस्या रहेकाले त्यसको निराकरणको लागि सरकारले साथ दिने उल्लेख गर्नुभयो । उहाँले कच्चा पदार्थको उपलब्धता, बजार पहुँच सरलीकरण, गुणस्तर प्रमाणीकरण जस्ता विविध पक्षमा स्थानीय उद्यमीले समस्या भोगिरहेकाले त्यसको निराकरण गर्नमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । स्थानीय उत्पादनको संरक्षण, प्रबर्द्धन र रोजगारीसँगै आर्थिक बृद्धि गर्न प्रदेश सरकारले साना उद्यमीहरुलाई साथ दिन उहाँको भनाइ छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा घरेलु औजार, मह, अल्लोबाट उत्पादन गरिएका कपडा, अचार, खाद्यन्न, काष्टकला सामग्री लगायत राखिएको छ । गोरखापत्र

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...