सङ्घीयतापछि विकासमा क्रान्ति आएको छ : मुख्यमन्त्री जम्कट्टेल

Published on

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देश सङ्घीयतामा गएपछि विकासमा क्रान्ति आएको बताउनुभएको छ ।

उहाँले स्थानीय सरकारले विकासको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको र प्रदेश सरकारले खेल मैदान, खेलको संरचना बनाएको भन्दै यो नै क्रान्ति र परिवर्तन भएको बताउनुभयो । हेटौँडा उपमहानगरपालिका वडा नं। ६ स्थित गौरीटार अन्तर्राष्ट्रिय रङ्गशाला परिसरमा शनिबार पौडी पोखरी र क्रिकेट रङ्गशालाको शिलान्यास गर्नुहुँदै उहाँले प्रदेश सरकारले विशेष महत्त्व दिएको क्षेत्र खेल क्षेत्र पनि भएको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा खेलका संरचना बन्ने बताउँदै खेलाडीहरुलाई व्यावसायीकरण गर्ने, आत्मनिर्भर बनाउने, यसको दायरालाई बढाउने र युवा विद्यार्थीलाई खेल क्षेत्रमा जोड्नु महत्त्वपूर्ण भएको बताउनुभयो ।

राज्य पुनर्संरचनापछि विकासमा ठुलो क्रान्ति आएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘विगतमा शिलान्यास गर्ने तर वर्षौसम्म काम नगर्ने, एक अर्बको डिपिआर देखाउने पैसा हाल्ने दुई करोड रुपियाँ, अनि राजनीतिक फाइदाका लागि शिलान्यास गर्ने त्यसपछि सम्पन्न नहुने, जनतामा निराशा आउने, राजनीति दल र नेताले कामै गरेनन्, राजनीतिक कुरा गरे गए भन्ने अवस्था थियो, अब त्यस्तो अवस्था छैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘‘गौरीटार रङ्गशालामा हामीले बजेट विनियोजन गरेर शिलान्यास गर्दै छौ अब बन्नेमा कुनै शङ्का छैन ।’’ उहाँले खेलाडीलाई खेल क्षेत्रमा रहन सक्ने र यसबाटै गुजारा चलाउने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक विकासमन्त्री कुमारी मोक्तानले निर्माणका काममा सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दा र स्थानीय तहलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदिस्य सचिव सूर्यलाल भण्डारी र हेटौँडा उपमहानगरपालिका ६ का वडाध्यक्ष विष्णु दाहालले खेल संरचना बनेपछि यस क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । गोरखापत्र

ताजा समाचार

पालिका भित्रका वडाहरु मध्ये हाम्रो वडा फरक छ

स्थानीय सरकारले जनताको अपेक्षाहरु पुरा गरेको हुन्छ । सबै जनताहरु स्थानीय सरकारकै मुख ताकेर...

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सगरमाथा संवाद महत्त्वपूर्ण

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सगरमाथा संवादलाई सफल बनाउने...

भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश

काठमाडौँ । पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्काशन गर्ने घोषणा...

आइसिसी विश्वकप लिग–२ : नेपाली टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न...