पाकिस्तानमा विस्फोट हुँदा तीन जनाको मृत्यु, आठ घाइते

Published on

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको चमरुक क्षेत्रमा दिउँसो स्थानीय पत्रकारको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ । विस्फोटमा पत्रकार र अन्य दुई जनाको ज्यान गएको थियो भने घटनास्थलमा रहेका अन्य आठ जना घाइते भएका थिए । घाइते सबैलाई स्थानीय अस्पतालमा लगिएको र उनीहरूको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनाको जारी गरिएको सिसिटिभी फुटेजले मोटरसाइकलमा सवार एक व्यक्तिले कारमा एउटा उपकरण जोडेको देखाएको छ । जसले गर्दा विस्फोट भएको बताइएको छ । अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन ।

सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

ताजा समाचार

पोषणका लागि रैथाने बालीको प्रयोग बढाउन मुख्यममन्त्रीको आग्रह

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीका लागि प्रदेश...

नक्कली परीक्षार्थी पक्राउ, सात दिनको म्याद थप

काठमाडौँ । प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोक सेवा आयोग, पोखरा कार्यालयमा...

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

काठमाडौँ । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर...

राजकाँडा धुलीकोट ऐतिहासिक पर्यटकिय स्थल ओझेलमा

काठमाडौँ । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ७ मा एउटा ऐतिहासिक भग्नावशेष छ । जसलाई...