९ महिनामा बाँकेमा १२ जना सुत्केरीको मृत्यु

Published on

काठमाडौं । पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल रहेको बाँके जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् ।

जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्ती सोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूलाठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । उहाँले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो अहिले भने सुत्केरी भइसकेपछि मृत्यु भइरहेको पाइएको बताउनुभयो । बच्चा पाएको ४२ दिन सम्मलाई सुत्केरी मानिन्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको छू, फोकल पर्सन श्रेष्ठले भन्नुभयो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अधिकांश गर्भवतीले आठ पटक गर्भजाँच पनि गराउने नगरेको देखिएको छ । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको सो कार्यालयले जनाएको छ । सो बारेमा अझै धेरै जनचेतना फैलाउनुपर्ने आवश्यकता बाँकेका स्वास्थ्यकर्मीहरुले औंल्याएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...