स्कुल भ्यानमा आगलागी

Published on

काठमाडौं । जनकपुरधाममा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका –२१, कुर्थामा शिवशारदा स्कुलको ज १ च १८५३ नम्बरको भ्यानमा सोमबार बिहान ६ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले कुर्थाबाट स्कुलतर्फ आउने क्रममा सो स्कुल भ्यानमा आगलागी भएको बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको बताउँदै उहाँले जनकपुरधाम उपमहानगरको वारुणयन्त्र र स्थानीयवासीको सहयोगमा जिल्लाबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जानकारी दिनुभयो । आगलागीबाट स्कुल भ्यानमा क्षति पुगेको प्रहरीको भनाइ छ । गोरखापत्र

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...