लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

Published on

काठमाडौं । बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम् डिएसपी नारायण डाँगीका अनुसार प्रहरीलाई देखेर लागूऔषध कारोबारी भाग्न खोज्दा लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले गोली चलाएको हो । गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको डिएसपी डाँगीले बताउनुभयो । परियारको तिघ्रामा गोली लागेको छ भने उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै, सोही ठाउँका २७ वर्षीय शरणबहादुर कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ खुला कारागार नजिक लागूऔषधको ठुलो कारोबार भइरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरी टोलीलाई देखेर कारोबारी भाग्न खोजेका थिए । प्रहरीलाई देखेर भाग्न लागेका कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका लागूऔषध कारोबारीका साथबाट प्रहरीले ११४ दशमलव २५ ग्राम ब्राउन सुगर बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाले प्रहरीले जनाएको छ । खुला सीमानाका कारण बाँके जिल्लामा भारतबाट लागूऔषध भित्रिने र बाँके बर्दियालगायत विभिन्न पहाडी जिल्लामासम्म पुर्‍याउने गरिएको पाइएको छ । गोरखापत्र

ताजा समाचार

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार...