इतिहासकार ज्ञानमणि नेपालको निधन

Published on

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो ।

इतिहासकार नेपालका भाइ एकमणि नेपालले दिएको जानकारी अनुसार उहाँको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ । इतिहासकार नेपालका दुई छोरा हुनुहुन्छ । नेपाल एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रुपमा चिनिनुहुन्छ । उहाँले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गर्नुभएको थियो । काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गर्नुभएको छ । नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवम् साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिनुभयो । नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नुभएका नेपाल वृद्धअवस्थासम्म पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्थ्यो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...