इतिहासकार ज्ञानमणि नेपालको निधन

Published on

काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९२ वर्षको उमेरमा निधन भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उहाँको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज मध्याह्न निधन भएको हो ।

इतिहासकार नेपालका भाइ एकमणि नेपालले दिएको जानकारी अनुसार उहाँको पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ । इतिहासकार नेपालका दुई छोरा हुनुहुन्छ । नेपाल एक सिद्धहस्त, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता र खोजकर्ताका रुपमा चिनिनुहुन्छ । उहाँले भोजपुरमा १९८९ माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीका दिनमा जन्मिएर खोटाङमा कार्यक्षेत्र बनाई कौमुदी, चण्डीबाट शिक्षा आर्जन गर्न सुरु गर्नुभएको थियो । काठमाडौँमा आई इतिहासप्रति अभिरुचि राखेर नेपालले अध्ययन गरी इतिहाससम्बन्धी अनेकौँ कृति प्रकाशन गर्नुभएको छ । नेपालका ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपालको महाभारत’, ‘पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन’, ‘पुराना कविता’लगायत दुई दर्जन कृति प्रकाशित भएको लेखक एवम् साहित्यकार हरिप्रसाद सोडारीले जानकारी दिनुभयो । नेपालले नयराज पन्तसँग शिक्षा आर्जन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नुभएका नेपाल वृद्धअवस्थासम्म पनि इतिहासको खोज, अध्ययन र अनुसन्धानमा सक्रिय हुनुहुन्थ्यो । रासस

ताजा समाचार

दिगो पुनर्निर्माणमा जोड

काठमाडौँ । रुकुमपश्चिम र जाजरकोटमा हुने पुनर्निर्माण हरित प्रविधिमैत्री र दिगो विकासमा आधारित हुनुपर्नेमा...

सिमेन्टको मूल्य घटाउन निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्यवृद्धि अस्वाभाविक भएकाले तत्काल घटाउन निर्देशन...

‘मेरा कलमका डोबहरू’ लोकार्पण

काठमाडौँ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको आलेखसङ्ग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण गरिएको छ...

पोखरीमा पुरुषको शव फेला

काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरस्थित पोखरीमा बुधबार एक पुरुषको शव फेला परेको छ...