राष्ट्रिय सभाका अध्यक्षसँग प्रमुख दलका नेताको छलफल

Published on

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ।

छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे कुराकानी भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने धारणा बैठकमा अध्यक्ष दाहालले राख्नुभएको सचिवालयले जनाएको छ। ‘‘हामी आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिनु जरूरी छ। प्रतिनिधि सभामा हुने सहमति–असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूले सहयोग गर्नुहोस्’’, अध्यक्ष दाहालले भन्नुभयो।

बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा अवरोध नगर्ने र धन्यवाद प्रस्तावका लागि बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध रहने बताउनुभयो। ‘‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौं। धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ। यो हाम्रो पार्टीको निर्णय हो’’, सिटौलाले भन्नुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...