टी–२० विश्वकप : तेस्रो अभ्यास खेलमा नेपाल पराजित

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजममा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित भयो । नेपालले यसअघिको दुई खेल भने जितेको थियो । नेपाल पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । जितका लाथि विनवार्ड्सले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५३ रन बनाउनुभयो । यस्तै आसिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनुभयो । बलिङमा विनवार्ड्सका डारेन निड र केभिम होड्जले तीन तीन विकेट लिनुभयो । निक्टस रेडहेड र डिन ब्राउनले दुई दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । विनवार्ड्सका लागि डिलोन डोग्लसले ५६ रन बनाउनुभयो । शादरेक डेसकार्टले ५५ रन बनाउनुभयो ।

बलिङमा नेपालका कमलसिंह ऐरीले चार विकेट लिनुभयो । सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । नेपाली टोली विश्वकपका लागि अव अमेरिका जानेछ । अमेरिकाको ह्युस्टनमा मे २२ र २३ तारिख अभ्यास खेल खेलेपछि नेपालले आइसिसीले उपलब्ध गराएको दुई वटा अभ्यास खेल खेल्नेछ । जसअनुसार नेपालले डालासमा क्यानडासँग मे २७ र अमेरिकासँग मे ३० तारिख खेल्नेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...