टी–२० विश्वकप : तेस्रो अभ्यास खेलमा नेपाल पराजित

Published on

काठमाडौं । आइसिसी टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिजममा रहेको नेपाली क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ ।

शनिबार राति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल विनवार्ड्ससँग ६७ रनले पराजित भयो । नेपालले यसअघिको दुई खेल भने जितेको थियो । नेपाल पहिलो खेलमा चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । जितका लाथि विनवार्ड्सले दिएको दुई सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५३ रन बनाउनुभयो । यस्तै आसिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन बनाउनुभयो । बलिङमा विनवार्ड्सका डारेन निड र केभिम होड्जले तीन तीन विकेट लिनुभयो । निक्टस रेडहेड र डिन ब्राउनले दुई दुई विकेट झार्नुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विनवार्ड्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा दुई सय पाँच रन बनाएको थियो । विनवार्ड्सका लागि डिलोन डोग्लसले ५६ रन बनाउनुभयो । शादरेक डेसकार्टले ५५ रन बनाउनुभयो ।

बलिङमा नेपालका कमलसिंह ऐरीले चार विकेट लिनुभयो । सोमपाल कामीले तीन तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । नेपाली टोली विश्वकपका लागि अव अमेरिका जानेछ । अमेरिकाको ह्युस्टनमा मे २२ र २३ तारिख अभ्यास खेल खेलेपछि नेपालले आइसिसीले उपलब्ध गराएको दुई वटा अभ्यास खेल खेल्नेछ । जसअनुसार नेपालले डालासमा क्यानडासँग मे २७ र अमेरिकासँग मे ३० तारिख खेल्नेछ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...